• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

क्रिकेटर बिकलाई ईजी वल्र्डको प्रायोजन

क्रिकेटर बिकलाई ईजी वल्र्डको प्रायोजन

राजबिराज, २ माघ । सप्तरीका क्रिकेटर रोहन बिकलाई बर्ष २०२० को लागि ईजी वल्र्ड ईन्जिनियरिङ्ग प्रा.लि राजविराजद्वारा प्रायोजन गरिएको छ ।
ईजी वल्र्ड ईन्जिनियरिंग प्रा.लिका प्रो. रामजी यादवले रोहनलाई स्तरीय क्रिकेट खेल्न आवश्यक सामाग्री जोहो गर्न सजिलो होस भन्ने उद्धेश्यका साथ बार्षिक ५० हजार प्रदान गर्ने जानकारी गराउदै दुवै पक्षद्धारा सम्झौतामा हस्ताक्षर समेत गरिएको हो । प्रायोजन वापत क्रिकेटर रोहन बिकले ईजी वल्र्ड ईन्जिनियरिङ्ग प्रा.लि.को प्रचार प्रसार गर्नुको साथै मैदानमा ओर्लदा अनिवार्य रुपमा ब्याटमा ईजी वल्र्ड ईन्जिनियरिंग प्रा.लिको स्टिकर प्रयोग गर्नु पर्नेछ भने ईजि वल्र्ड ईन्जिनियरिंग प्रा.लि. उपलब्ध गराएको प्रचार–प्रसारका सामाग्रीको समेत प्रबद्र्धन गर्नु रोहनको जिम्मेवारी रहनेछ ।
ईजी वल्र्ड ईन्जिनियरिंग प्रा.लि.का प्रोपोराईटर रामजी यादवले आफनो प्रालिले सप्तरीको क्रिकेटरहरुको क्षमता बिकास तथा उत्साह प्रदानका लागि भविष्यमा समेत बिभिन्न क्रियाकलाप संचालन गर्ने जानकारी दिएका छन् । उक्त अवसरमा सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, सप्तरी क्रिकेट संघका सचिव चन्दन यादव, अम्पाएर तथा स्कोरर संघका अध्यक्ष निरज कुमार सिंह तथा प्रशिक्षक राजकुमार दास लगायतको उपस्थिति थियो ।