• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

डाक्नेश्वरी नपाको सार्वजनिक सुनुवाई तथा पाँचौ नगर सभा जारी

पारदर्शिता, उपभोक्ता समिति एवम् सेवाबारे गुनासो
डाक्नेश्वरी नपाको सार्वजनिक सुनुवाई तथा पाँचौ नगर सभा जारी

पातो, २८ पुस । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको आर्थिक वर्ष २०७५।०७६ को आय–व्यय सम्बन्धी सार्वजनिक सुनुवाई तथा पाँचौ नगर सभा सोमबारदेखि सुरु भएका छन ।
संघीय सांसद सप्तरी क्षेत्र नम्बर ३ का सांसद चन्द्रकान्त चौधरीले पानसमा दिप प्रज्जवलन गरि कार्यक्रमको उद्घाटन गरेका हुन् । सहभागीहरुको तर्फबाट कृषिमा लगानी, बजेट पारदर्शिता, उपभोक्ता समिति गठनमा सुदृढिकरण भएको विकासीय कामकाजको सशक्त रुपमा अनुगमन गर्नुपर्ने, कार्यालयमा समयमा कर्मचारीहरुको उपस्थिति हुनुपर्ने लगायतका विषयमा सहभागीहरुले प्रश्न उठाएका थिए ।
आर्थिक वर्ष २०७५।०७६ को आयव्यय विवरण प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले गरे । कार्यक्रममा नगरपालिकाको १० वटै वडाका वडाध्यक्ष, वडा सदस्य, विभिन्न पार्टीका प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडा सचिव, स्वास्थ्य संस्थाका प्रमुख, विभिन्न स्थानीय संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
सहभागिहरुद्वारा सोधिएको प्रश्नको जवाफ डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख शिवनारायण साह तथा प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले दिए । कार्यक्रम सञ्चालन स्वास्थ्य शाखाका अधिकृत उमेश प्रसाद साहले गरे भने कार्यक्रममा २ सय ५० जना भन्दा बढी जनसहभागिता रहेको थियो । कार्यक्रम मङ्गलवार समेत जारी रहने जनाईएको छ ।