Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

फरार प्रतिवादी पक्राउ, अभियान एक सातामा २९ जना पक्राउ

फरार प्रतिवादी पक्राउ, अभियान एक सातामा २९ जना पक्राउ

राजविराज, २८ पुस । सप्तरी प्रहरीले १ वर्षे कार्य योजना तहत थालेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत थप १० जनालाई पक्राउ गरेको छ ।
सवारी ज्यान, कुटपिट, किर्ते जालसाजी, गाली बेइज्जत लगायतका मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकाई हालसम्म फरार रहेकाहरुलाई आइतवार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ गरिएका १० जनैलाई जिल्ला अदालतमा वुझाइएको छ ।
खडक नगरपालिका वडा नम्वर ७ का हरेराम साह, सोही ठाउँका शत्रुधन प्रसाद साह, वडा नम्वर ८ का अमिन मियाँ, वडा नम्वर ८ कै जमिला खातुन, मो. सदाम मियाँ, अनेसुन खातुन, मो. सनाबुल मियाँ कुटपिट मुद्दामा पक्राउ परेका हुन् ।
यसैगरी सोही नगरपालिका वडा नम्वर ७ का ईनरलाल साहलाई सवारी ज्यान मुद्दा, वडा नम्वर ९ का इस्लाम मियाँलाई किर्ते जालसाँझी र वडा नम्वर ७ का घुरनी देवी यादवलाई गाली बेईज्जत मुद्दमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिएका छन् । सोही अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय राजविराजका अनुसार पक्राउ पर्नेमा ३८ वर्षीय बलराम मेहता र ५९ वर्षीय मनर यादव रहेका छन् । मेहता शिक्षा सम्वन्धि र यादव कुटपिट सम्वन्धि मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकाई हालसम्म फरार रहेका थिए । फरार प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा दुवैलाई नियन्त्रणमा लिएको डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।
सोही अभियान अन्तर्गत प्रहरीले यसअघि पनि जिल्लाको सुरुङ्गा, बोदे बरसाईन, खडक नगरपालिका तथा बलान बिहुल र राजगढ गाउँपालिकाबाट एकै दिनमा १७ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको थियो ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।