• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
भरुवा बन्दुकसहित दुई युवक पक्राउ

राजविराज, २८ पुस । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा भरुवा बन्दुक लिएर शिकार खेलिरहेका दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडा नम्वर १ गोरपारबाट नियन्त्रणमा लिइएको उनीहरुको साथबाट भरुवा बन्दुकसहित त्यसमा लाग्ने एक थान बारुद मेटासिन तथा २५ थान छर्रा (साइकलको बल) बरामद गरिएको छ । सशस्त्र प्रहरी बल भारदह सुरक्षा वेश क्याम्पबाट गस्तीमा खटिएको टोलीले कञ्चनरुप नगरपालिका वडा नम्वर १ मलकोरका ४० वर्षीय बाबुलाल चौधरी र सप्तकोशी नगरपालिका वडा नम्वर १० कमलपुरका ३० वर्षीय रविन तामाङ्गलाई आइतवार राति नियन्त्रणमा लिएको हो ।
भरुवा बन्दुक, लाग्ने बारुद मेटासिन तथा छर्रासहित नियन्त्रणमा लिइएका दुवै जनामाथि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा वुझाइएको क्याम्पका सशस्त्र प्रहरी सहायक निरीक्षक वैधनाथ झाले जानकारी दिए । दुवै जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।