Top_Header_Right_Add

राजगढ गाउँपालिकामा यूवा जनमत संघको तदर्थ समिति

राजगढ गाउँपालिकामा यूवा जनमत संघको तदर्थ समिति

राजविराज, २८ पुस । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको राजगढ गाउँपालिकामा गाउँपालिका स्तरीय युवा जनमत संघको तदर्थ समिति सोमवार गठन गरिएको छ ।
रामभरोस साहको अध्यक्षतमा आयोजना गरिएको कार्यक्रममा रामचन्द्र यादवको नेतृत्वमा २१ सदस्यीय गाउँपालिका तदर्थ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा रामकुमार ठाकुर, सचिवमा पपु मण्डल, सह–सचिवमा मो. मौला खान, कोषाध्यक्षमा रमेश प्रसाद साह रहेका छन् । अरविन्द यादव, रामदेव पासवान,उमेश यादव, रमन साह, सत्यनारायण राम, बच्चा साह, सञ्जय साहलगायतले सदस्यमा रहेको छ ।
यसै गरी वडा युवा जनमत संघको अध्यक्षमा रामकृष्ण मण्डल, उपाध्यक्षमा रविन्द्र रामर रोशन साह, सचिवमा आशिष मण्डल, कोषाध्यक्षमा सन्जु मण्डललाई चयन गरिएको छ । सदस्यमा राधे राम, अजाद सदाय, मुखतार खान,जयकृष्ण मण्डल, श्यामसुन्दर ठाकुरलगायतका व्यक्तिहरु सदस्यमा रहेको छ ।
जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा चन्देश्वर मण्डल(किसान), मनोज यादव, सञ्जय मधेसी, कमल कुमार मण्डलसमेतको उपस्थिति रहेको थियो ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer