• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सुरुङ्गा नपा–१ का वडा अध्यक्ष कार्कीको निधन

सुरुङ्गा नपा–१ का वडा अध्यक्ष कार्कीको निधन

राजविराज, २८ पुस । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष मुक्ति कार्कीको निधन भएको छ । केही समयदेखि अस्वस्थ्य रहँदै आएका कार्कीको ५५ वर्षको उमेरमा आइतवार राति निधन भएको हो ।
गत स्थानीय तहको निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमालेबाट उनी वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । श्रीमति, २ छोरी, १ छोरा रहेका कार्कीको सोमवार अन्त्येष्टि गरिएको नगरपालिकाका उपमेयर विन्दादेवी पासवानले न्यूज टुडेलाई जानकारी दिएकी छिन् ।
वडा अध्यक्ष कार्कीको निधनमा शोक मनाउनकालागि सोमवार नगरपालिका र मातहतका कार्यालयहरुमा विदा दिइएको उप मेयर पासवानले बताइन् ।