• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आईडियल सहकारीको साधारण सभा सम्पन्न

राजविराज, २६ पुस । सप्तरीको राजविराजस्थित आईडियल सहकारी संस्था लिमिटेडको २० औं साधारणसभा शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष गणेशकुमार आसको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन सत्रमा सञ्चालक सदस्य शैलेशकुमार चौधरीले स्वागत गरेका थिए । कार्यक्रममा गैर सरकारी संस्था महासंघका केन्द्रिय उपाध्यक्ष ध्रुवप्रसाद देव, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, नेपाल पत्रकार महासंघ सप्तरीका सह–सचिव चन्दनकुमार यादव, शेयर सदस्य विद्यानन्द झा, लेखा सदस्य डम्वर साह, ऋषिकान्त ठाकुर, कमालउदिन मियाँ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त अवसरमा अध्यक्ष आसले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले यसपालि १८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरे । उनले संस्थाद्वारा गत आर्थिक वर्ष २०७५।०७६ मा ३ अर्ब ५९ करोड ४९ लाख ५४ हजार ४ सय ५१ रुपैया बचत संकलन तथा ३ अर्ब ४६ करोड ६७ लाख ४१ हजार ६ सय ६० रुपैया बचत भुक्तानी गरेको विवरण प्रस्तु गरेका थिए ।
यसैगरी संस्थाले गत आर्थिक वर्षमा १ करोड ७५ लाख २६ हजार मुनाफा गरेको तथा चालु आर्थिक वर्षमा २ करोड ५० लाख ३७ हजार ५ सय ८३ रुपैया मुनाफा हासिल गरेको उनीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । कार्यक्रमको संचालन भने प्रमेश्वर झाले गरेका थिए ।