Top_Header_Right_Add

गजेन्द्रनारायण सिंह अस्पतालमा स्तन क्यान्सरको सफल शल्यक्रिया

गजेन्द्रनारायण सिंह अस्पतालमा स्तन क्यान्सरको सफल शल्यक्रिया

राजविराज, २४ पुुस । केही समय अघिसम्म रेफरल सेन्टरको रुपमा परिचित रहँदै आएको सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा यतिवेला ठुला खालका शल्यक्रिया समेत गर्न थालिएको छ । गत बुधवार मात्रै अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ ।
सप्तरीकै विष्णुपुर गाउँपालिका वडा नम्वर १ जमुनी मधेपुराकी ६० वर्षिया दुखनीदेवी खंगको दाहिने स्तनमा देखिएको क्यान्सरको सफल शल्यक्रिया गरिएको हो । डा. राजिव मिश्राको टिमले साढे ३ घण्टा लगाएर सफलतापुर्वक सल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।

                                                                                                            डा. राजिव मिश्रा

आर्थिक अवस्था कमजोर रहेकी दुखनीलाई शल्यक्रियामा अस्पतालमै कार्यरत डा. अजय चौधरी र डा. पारसमणी साहले समेत सहयोग गरेका छन् । स्तनमा समस्या देखिएपछि दुखनीले गत पुष ८ गते स्वास्थ्य जाँचका लागि अस्पताल आएकी थिइन् । स्वास्थ्य जाँचकै क्रममा दुखनीलाई क्यान्सर भएको आशंका गरेको थियो । मासु जाँचका लागि बाहिर पठाउँदा क्यान्सर नै भएको प्रमाणित भएपछि बुधवार अस्पतालमा शल्यक्रिया गरिएको अस्पताल प्रशासनले जनाएको छ । हाल अस्पतालमै उपचाररत रहेकी उनको घाउ ठिक भएपछि ठप उपचारका लागि वाहिर पठाईने डा. राजिव मिश्रले जानकारी दिएका छन् ।


पत्नीको उपचारमा ठुलो रकम खर्च हुने भन्दै चिन्तामग्न रहेका उनका पति रामचरण खंगले राजविराजमै शल्यक्रिया सफल भएकोमा खुसी व्यक्त गरेका छन् । ‘पत्नीलाई क्यान्सर भएको थाहा पाएपछि दिनरात चिन्ता हुने गर्थियो, अहिले राजविराजमै शल्यक्रिया सेवा पाएर पत्नीको उपचार गराउन पाउँदा खुशी लागेको छ’ उनले थपे–‘सोचेकै थिएन राजविराजमै क्यान्सरको उपचार भईहाल्छ भनेर ।’
उनले दक्ष जनशक्ति तथा उपकरण अभावका कारण अस्पतालमा उपचार सेवा विश्वसनीय नरहेको अवस्थामा डा. दास मेडिकल सुपरिन्टेन्डेन्ट भएर आएपछि क्रमिक सुधार देखिन थालेको बताए ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer