• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

संवैधानिक अधिकार पनि प्रयोग गर्न नपाएको उपप्रमुख सरदारको गुनासो

संवैधानिक अधिकार पनि प्रयोग गर्न नपाएको उपप्रमुख सरदारको गुनासो

बिरेन्द्र बजार, २३ पुस । सप्तरीको शम्भुनाथ नगरपालिकाकाका उप–प्रमुख कबिता कुमारी सरदारले महिला भएको कारण संविधानले तोकेको अधिकार समेत प्रयोग गर्न नपाएको बताएकी छिन् ।
सप्तरीको कठौनामा बुधबार श्री सरस्वती माता महिला विकास बचत तथा ऋृण सहकारी संस्था शम्भुनाथ नपा ६ को नबौ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । ‘महिलालाई सधै असक्षम देख्ने पितृसत्तात्मक सोच अझै कायमै छ’ कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख सरदरले भनिन् ‘महिला भएको कारण कतिपय स्थानीय तहका उप–प्रमुखले कानूनले पाएको अधिकार समेत प्रयोग गर्न पाएको छैन ।’
सहकारीको माध्यमले महिलालाई सङ्गठित सबल हुने अवसर मिलेको भन्दै सरदारले सहकारीलाई नगरले सधैं साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । सरदारले महिलाप्रति हेरिने खराब दृष्टिकोणले अझैं पूर्ण अधिकार पाईनसकेको गुनासो समेत गरिन् ।
उनले महिलामाथि हुने हिंसा र अन्याय विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिईन । नेपाल आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले महिलाद्वारा सञ्चालित सहकारी संस्थाले सामाजिक रुपान्तरणमा समेत टेवा पुगेको बताए ।
समाजिक बिकृतीलाई न्युनिकरण गर्दै आयआर्जन गरि गरिबी हटाउन सहकारीको माध्यमले बल पुगेको उल्लेख गर्दै अध्यक्ष तामाङले महिलाद्वारा सञ्चालित सहकारीलाई सरकारले संरक्षण गर्नुपर्नेमा जोड दिए । शम्भुनाथ नगरापालिकाका महिला तथा बालबालिका शाखा प्रमुख रुलो देवी चौधरीले स्थानिय तहले बजेट ब्याबस्था नगर्दा महिला सहकारी धरापमा पर्दै गएको बताईन् ।
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला बचत तथा ऋृण संघ सप्तरीका कोषाध्यक्ष चेतनारायण मेहता, नेपाल आदिवासी जनजाति महासंघ शम्भुनाथ नगर अध्यक्ष श्रीनारायण चौधरी, किसान बचत तथा ऋृण सहकारी संस्था बिरेन्द्र बजारकी संगिता कुमारी चौधरी, संस्थाकी कोषाध्यक्ष सरिता कुमारी चौधरी, सदस्य सबिता सुन्दास लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
संस्थाको लेखा समिति संयोजक संगिता कुमारी चौधरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत रम्भा कुमारी चौधरीले गरिन् । सुशिला बिक र पार्वती चौधरीले स्वागत गित प्रस्तुत गरिन् । सहकारी संस्थाका अध्यक्ष बबिता कुमारी चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा ब्यबस्थापक बिना देवी चौधरीद्वारा प्रस्तुत आब २०७५र०७६ को आयब्यय र नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ ।