• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

छिन्नमस्ता गाउँपालिकाको कामकाज ठप्प गर्ने सघर्ष समितिको निर्णय

छिन्नमस्ता गाउँपालिकाको कामकाज ठप्प गर्ने सघर्ष समितिको निर्णय

राजविराज, १७ पुस । १४ बुँदे माग राखेर आन्दोलित भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघर्ष समिति छिन्नमस्ताले आगामी आइतवारदेखि गाउँपालिका कार्यालयको सम्पूर्ण कामकाज ठप्प गर्ने गरी धर्ना बस्ने भएको छ ।
विहिवार सखडमा बसेको संघर्ष समितिको बैठकले यस्तो निर्णय गरेको हो । समिति आवद्ध सम्पूर्ण सदस्यहरु बसेको बैठकले विहान १० बजेदेखि दिउँसो १ बजेसम्म धर्ना कार्यक्रम जारी राख्ने निर्णय भएको समितिका अध्यक्ष विनोदकुमार यादवले न्युज टुडेलाई जानकारी दिए । ‘सो अवधिमा कार्र्यालयको कुनै पनि कामकाज हुन नदिने निर्णय समेत भयो’ उनले थपे–‘आफुहरुको माग सम्वोधन नभए धर्ना कार्यक्रम जारी राख्ने तथा आवश्यकताअनुसार थप सशक्त रुपमा अघि बढ्नेछु ।’
गत मङ्गलवारदेखि सामाजिक सुरक्षा भत्ता (वृद्ध, एकल महिला, अपाङ्ग, दलित, बालबालिका अविलम्ब वितरण गर्नुपर्ने, वडा भेला–गाउँसभा पारदर्शिताले अविलम्व गर्नुपर्ने, आर्थिक वर्ष ०७५–०७६ को आय व्याय सार्वजनिक गर्नुपर्ने, कृषकहरुलाई सुलभ तरिकाले विउ विजन–मलखाद्य उपलब्ध गर्नुपर्ने लगायत १४ बुँदे राखेर उनीहरुले आन्दोलन थालेका हुन् । सोही दिन उनीहरुले छिन्नमस्ता गाउँपालिका कार्यालय घेराउ गरी प्रदर्शन समेत गरेका थिए ।