Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

नेपाल र भारतको सम्बन्ध युनिक छः मुख्यमन्त्री राउत

नेपाल र भारतको सम्बन्ध युनिक छः मुख्यमन्त्री राउत

जनकपुरधाम, १७ पुस । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल र भारतको सम्बन्ध युनिक भएको बताएका छन् ।
भारतका पर्यटन राज्यमन्त्री प्रह्लाद सिंह पटेललाई स्वागत गर्दै उनले विश्वमा दुई देश बीच नरहेको सम्बन्ध नेपाल र भारतको रहेको बताएका हुन् । नेपालका अभिभावकले छोराछोरीको विहे गर्न भारतमा केटाकेटी खोज्न जाने गरेको र भारतका अभिभावकले नेपालमा खोज्न आउने गरेकोले दुवै देश बीचको सम्बन्ध युनिक रहेको मुख्यमन्त्री राउतले बताए । यस्तो सम्बन्धले दुई देशको आत्मियतालाई उजागर गरेको उनले दावी गरे ।
मुख्यमन्त्री राउतले पर्यटन राज्यमन्त्री पटेलको जनकपुरधाम आगमनले प्रदेश २ को पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम आगमनले पर्यटकको संख्यामा वृद्धी भएको बताउँदै मुख्यमन्त्री राउतले पर्यटन राज्यमन्त्रीको आगमनले थप पर्यटक आउने बताए ।
भारतीय पर्यटन राज्यमन्त्री पटेलले भारतले नेपालको विकास हेर्न चाहेको भन्दै पर्यटन क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाए । प्रदेश सरकारले गरेको स्वागत, सत्कारको प्रशंसा गर्दै भारतीय पर्यटन राज्यमन्त्री पटेलले जनकपुरधाममा जानकी मन्दिरको दर्शन गर्नकोलागि परिवारलाई समेत बोलाएको बताए ।
पोखरा, लुम्बिनी जाने विकल्प रहे पनि आफुले भगवान रामको ससुराली जनकपुरधाम जाने इच्छा जाहेर गरेको उनले थपे । उक्त अवसरमा मुख्यमन्त्री राउतले भारतीय पर्यटन राज्यमन्त्री पटेललाई जानकी मन्दिरको तस्वीर र दोसल्ला ओढाएर स्वागत गरे । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, राज्यमन्त्री सुरेश मण्डल, प्रदेश २ का प्रमुख सचिव रामकृष्ण सुवेदीले समेत भारतीय राज्यमन्त्री पटेलको स्वागत गरे ।
यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले भारतीय पर्यटन राज्यमन्त्री पटेललाई जनकपुर विमानस्थलमा स्वागत गरे । जनकपुर विमानस्थलबाट भारतीय पर्यटन राज्यमन्त्री पटेल सोभैm राम मन्दिर पुगेर दर्शन तथा पूजाआजा गरे । परिवारसहित जनकपुर आएका भारतीय राज्यमन्त्री पटेल जानकी मन्दिरमा दर्शन पूजा गरेर होटल पुगेका थिए ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।