• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

चर्चित गायक सन्नुकुमारको गीतमा प्रविणको इन्ट्री

चर्चित गायक सन्नुकुमारको गीतमा प्रविणको इन्ट्री

राजविराज, ४ मंसिर । मैथिली गायनको क्षेत्रमा कम समयमा अत्यधिक चर्चा पाएका गायक सन्नु कुमारको अर्को नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
‘पागल पतरकीके प्यारमे’ बोलको मैथिली गीत सन्नु कुमार यु–ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा यूवा गीतकार कौशल झाको शब्द रचना तथा रोहित प्रमोदको सङ्गीत रहेको छ । राजविराज यूवा प्रविण यादव र पूजा ठाकुरले मोडलिङ्ग गरेका छन् । हेमन तामाङ्गले छायाङ्कन तथा सम्पादन गरेको मोडेल प्रविणले जानकारी दिएका छन् ।
दर्पीलाल सरदार (मुस्कान)ले निर्देशन गरेको उक्त म्युजिक भिडियो राजविराजको किङ्ग स्टुडियोबाट रेकर्डिङ्ग एवम् सम्पादन गरिएको छ । कुशल मोडेल बन्ने सङ्कल्पका साथ प्रविण कला क्षेत्रमा उदाएका छन् । कलाक्षेत्रमै रहेर केही गरेर देखाउने सोच रहेकोले उनले आफुलाई सहयोग गर्न कलाप्रेमीहरुसँग आग्रह गरेका छन् ।