• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जङ्गली जनावरको आक्रमणबाट एकको मृत्यु, एक घाईते

जङ्गली जनावरको आक्रमणबाट एकको मृत्यु, एक घाईते

राजविराज, २८ मंसिर । सप्तरीको कञ्चनरुप नगरपालिकाको छुट्टा–छुट्टै स्थानमा जङ्गली जनावरको आक्रमणमा परी शनिवार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
कञ्चनरुप नगरपालिका वडा नम्वर–६ कि ३५ वर्षिया सिता देवी सदाको बँदेलको आक्रमणमा परी मृत्यु भएको हो । जङ्गलमा खर काटने क्रममा जङ्गली बँदेलले सदालाई अचानक प्रहार गरेको थियो । घाँटीमा गहिरो चोट लागेर घाईते भएकी उनको धरमपुर स्थित धर्मेश्वर हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको छ ।
यसैगरी कञ्चनरुप नगरपालिका–१२ का ७५ वर्षिय सन्तमान भुजेलले आफ्नै खेतको गहुँमा पानी लगाउन जाने क्रममा अचानक जङ्गली हात्तीले आक्रमण गरेको छ । घाईते भुजेललाई स्थानीय स्वास्थ्य चौकी कञ्चनपुरमा प्राथमिक उपचार पश्चात थप उपचारकालागि कोशी अञ्चल अस्पताल बिराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् ।
यसैगरी सप्तरीको सप्तकोशी नगरपालिका–५ गङ्गाजलीका बोध बहादुर खड्काको घरमा काम गर्ने खोटाङ्ग बारा पोखरी–६ का शुक्र राईको स्थानीय जङ्गलमा रुखमा चढेर घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।