• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

प्रभु लाइफद्वारा वार्षिक उत्सवमा मन्दिर सरसफाई

प्रभु लाइफद्वारा वार्षिक उत्सवमा मन्दिर सरसफाई

राजविराज, २८ मंसिर । प्रभु लाइफ शाखा राजविराजले शनिवार विभिन्न कार्यक्रम गरी आफ्नो तेश्रो वार्षिक उत्सव मनाएको छ । चियापान, टिसर्ट वितरण तथा मन्दिर सरसफाई कार्यक्रम गरी आफ्नो तेश्रो वार्षिक उत्सव मनाएको हो ।
टिसर्ट वितरण पश्चात राजविराजस्थित भगवती मन्दिर परिसर सरसफाई गरिएको छ । कर्मचारी तथा सहभागीहरुले मन्दिर परिसरमा थुपारिएका फोहोर जन्य वस्तुहरु सरसरफाई गरी वार्षिक उत्सव मनाएका हुन् ।
सोही कार्यक्रममा शाखाकी प्रबन्धक अस्मिता थापाले देशभरमै एक सयभन्दा बढी शाखा रहेको प्रभु लाइफमा सवै वर्गका व्यक्तिहरुले गर्नसक्ने बीमा पोलिसी रहेको जानकारी दिइन् । ‘लाइफमा सस्तो, सुविधायुक्त र उच्च प्रतिफल पाउने बीमा पोलिसीहरु छन’ उनले भनिन्–‘देशभरमै एक सयभन्दा बढी शाखाहरु रहेकोले लाइफमा बीमा गर्न अति नै सजिलो छ ।’