• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

हाम्रो कृषि सहकारीको १० औं बार्षिक साधारण सभा सम्पन्न

हाम्रो कृषि सहकारीको १० औं बार्षिक साधारण सभा सम्पन्न

राजविराज । हाम्रो कृषि सहकारी संस्था लिमिटेडको शनिवार १० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
गत २०७४÷७५ वर्ष २५ जनाको सदस्य रहेकोमा २ वर्ष नविददै वृद्धि भई १५४ जना शेयर सदस्य पुगेको जनाईएको छ । संस्थाले आव २०७५÷७६ मा कुल रु २ करोड ८६ लाख ८७ हजार ६ सय १८ को कारोबार गरेको अध्यक्ष अमिर नारायण यादवले जानकारी दिएका छन् । १०औं साधारण सभाको अवसरमा संस्थाले राष्ट्रिय सहकारी बैंकका सप्तरी शाखा प्रमुख विष्णु पराजुली र समाजसेवी सुरेन्द्र प्रसाद गुप्तालाई सम्मान गरिएको छ ।
यसैगरी संस्थाले नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व सभापति व्यासशंकर उपाध्याय, प्याब्सनका जिल्ला अध्यक्ष देबनाथ चौधरी, नटखट दैनिकका सम्पादक देवराम यादव, एबीसी टेलिभिजनका सप्तरी संवाददाता नवीन गुप्तालाई मायाको चिनोका सम्मान गरिएको छ । सोही अवसरमा संस्थाका सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक सप्तरी शाखा प्रमुख विष्णु पराजुलीको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष अमिर नारायण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी व्यवस्थापक नेहा रानी गुप्ताले गरिन् भने सञ्चालन सौरभ यादवले गरे ।