Top_Header_Right_Add

वडा अध्यक्ष साहको रिहाईको माग गर्दै राजविराजमा प्रदर्शन

वडा अध्यक्ष साहको रिहाईको माग गर्दै राजविराजमा प्रदर्शन

राजविराज, २७ मंसिर । महिलामाथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका वडा अध्यक्षको रिहाईको माग गर्दै शुक्रवार सप्तरी सदरमुकाम राजविराजमा वृहत प्रदर्शन सहित जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ ।
शम्भुनाथ नगरपालिका वडा नम्वर–१२ का अध्यक्ष लक्ष्मी साहलाई बुधबार प्रहरीले महिलाको उजुरीका आधारमा पक्राउ गरेको थियो । वडा अध्यक्ष साह निर्दोष रहेको भन्दै स्थानीयवासिन्दाहरुले विना शर्त रिहाईको माग गरेका छन् ।
साम्प्रदायिक विषयलाई वडा अध्यक्ष साहले आफ्नो तवरबाट समाधान गर्ने अडानमा बसेका कारण ती महिलाले नियोजित तवरबाट वडा अध्यक्ष साहलाई फँसाउन खोजेको स्थानीय रामचन्द्र साहले बताए । वास्तविक अनुसन्धान नै नगरी वडाध्यक्ष साहलाई झुठो मुद्दा लगाई प्रहरीले पक्राउ गरेकोले आफुहरु बाध्य भएर आन्दोलित भएको उनले जानकारी दिए ।
स्थानिय ३५ बर्षिया एक महिलाले आफुलाई गाउँकै कुखुरा फर्मममा १० दिन अघि वडाध्यक्ष साहले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएपछि अनुसन्धानका लागी गत बुधबार विहान प्रहरीले साहलाई नियन्त्रणमा लिएको थियो । त्यसको विरोधमा महिलाहरुको समेत सहभागितामा स्थानिय राजरंगशालाबाट निकालिएको जुलुस प्रहरी प्रशासन विरुद्घ चर्को नारावाजी गर्दै राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको थियो ।
उक्त जुलुस जिल्ला प्रशासन कार्यालयमा पुगेर केहीबेर घेराउ गरेको थियो । त्यसै क्रममा प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई ज्ञापन पत्र समेत बुझाईएको छ । ज्ञापनपत्रमा निर्दोष वडाध्यक्षलाई झुठो उजुरीको आधारमा सत्यतथ्य छानविन नै नगरी मुद्दा दर्ता गरिएकोमा कडाआपत्ती जनाउँदै घटनाको उच्चस्तरिय छानविन हुनुपर्ने माग गरिएको छ ।
नेपाली काँग्रेसका सभापति दिनेश कुमार यादवले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै वडा अध्यक्ष साह निर्दोष रहेको भन्दै अविलम्व रिहाईको माग गरेका छन् । स्थानिय केही व्यक्ति समेतको मिलोमतोमा महिलाले वडा अध्यक्ष साहलाई षडयन्त्र गरी फँसाउन खोजेको दावी गर्दै सत्यतथ्य छानविनकालागि स्थानीय प्रशासनसँग उनले आग्रह गरेका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer