• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

बंगुर फर्ममा फैलिएको अज्ञात रोगको संक्रमण अझै नियन्त्रण भएन

बंगुर फर्ममा फैलिएको अज्ञात रोगको संक्रमण अझै नियन्त्रण भएन

बृजमान तामाङ
विरेन्द्र बजार, २५ मंसिर । सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ६ का किसानले सञ्चालन गरेको बंगुर फर्ममा फैलिएको अज्ञात रोगको संक्रमण अझैसम्म नियन्त्रणमा आउन सकेको छैन् ।
सम्वन्धित निकायको मौनताका कारण दुई दिन वितिसक्दा समेत रोगको पहिचान हुन नसक्दा फर्ममा बंगुर मर्ने क्रममा नरोकिएपछि किसानहरु थप चिन्तित भएका छन । ‘रोगको संक्रमणले दुई दिनदेखि लगातार बंगुरहरु मर्ने क्रम अझै रोकिएको छैन्’ फर्म सञ्चालक कुलानन्द प्रसाद चौधरीले भने–‘रोगको पहिचान हुन नसक्दा उपचार समेत गराउन पाइरहेको छैन् ।’


उनले सम्वन्धित निकाय पक्षलाई पटक पटक जानकारी गराउँदा पनि रोकथाम गर्न चासो नदिँदा फर्म नै रित्तो हुँदै गएको दुखेसो गरे । शरीर काम्ने, शरिरको तापक्रम बढ्ने, मुखबाट र्याल बग्ने जस्ता लक्षण देखिएको १ घण्टा नवित्दै बंगुर मर्ने गरेको सञ्चालनक चौधरीले न्यूज टुडेलाई जानकारी दिए । सोमवारदेखि यस्तो लक्ष्य देखिएर बुधवारसम्म ५० वटा बंगुर मरिसकेको बताउँदै उनले तथापी सम्वन्धित पक्ष गम्भिर नभएको गुनासो गरे ।
चौधरीकाअनुसार फर्ममा अझै १५ वटा बंगुरमा संक्रमण देखिएको छ । अज्ञात रोगबारे पशुस्वास्थ्य प्राविधिक तथा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरी सिरहाले समेत फर्ममै आएर जानकारी लिँदा समेत रोग नियन्त्रणतर्फ तदारुकता नदेखाएको चौधरीको गुनासो छ ।
यता, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरी सिरहाका प्रमुख फुलगेन यादवले संक्रमण देखिएका बंगुरको रगत संकलन गरि ल्याव परीक्षणकालागि पठाएको जानकारी दिए । ‘परीक्षणको प्रतिवेदन आएलगत्तै ठोस उपचार गर्न सकिन्छ’ उनले भने–‘तत्कालकालागि संक्रमित क्षेत्रमा भोली (विहिवार) पशु स्वास्थ्य प्राविधिक टोली खटाइने छ ।’