• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
गाँजा बोट फडानी गरी नष्ट गरियो

राजविराज, २३ मंसिर । प्रतिबन्धित गाँजा बोट फडानी गर्ने सप्तरी प्रहरीले थालेको अभियान अन्तर्गत सोमवार शम्भुनाथ नगरपालिकामा गाँजा बोट फडानी गरिएको छ ।
प्रहरी चौकी कठौनाबाट खटिएको प्रहरी टोलीले वडा नम्वर ७ का स्थानीयवासिन्दा खेतवारी र आँगनमा लगाएको गाँजा बोट फडानी गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सो वडामा स्थानीयहरुले लगाएको १ सय ७५ वटा गाँजा बोट फडानी गरिएको हो ।
फडानी गरिएको उक्त गाँजा बोट प्रहरी चौकी कठौनामा ल्याएर जलाएर नष्ट गरिएको जनाएको छ । प्रहरीले यसअघि पनि जिल्लाको विभिन्न स्थानमा स्थानीयहरुले लगाएको गाँजा बोट फडानी गरी नष्ट गरेका थिए ।