Top_Header_Right_Add

डिभिजन वन कार्यालय परिसरमा फेला पारिएको बम निस्क्रिय

डिभिजन वन कार्यालय परिसरमा फेला पारिएको बम निस्क्रिय

राजविराज, २३ मंसिर । डिभिजन वन कार्यालय महोत्तरीको परिसरमा फेला पारिएको बम सोमबार विहान नेपाली सेनाको टोलीले निस्क्रिय गरेको छ ।
जलेश्वर नगरपालिका वडा नम्वर २ स्थित कार्यालयको परिसरमा आइतबार साँझ नै पार्किङ गरी राखिएको गाडीमुनि झोलाभित्र प्रेसर कुकर बम राखिएको थियो । बिहान ११ बजेतिर नेपाली सेनाको टोलीले बम निस्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
रणभीम गणको बम डिस्पोजल टोलीले चौरमा ल्याएर सो बम निस्क्रिय गरेको उनले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer