• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

लैङ्गिक हिंसा सम्वन्धि चेतनामूलक कार्यक्रम

लैङ्गिक हिंसा सम्वन्धि चेतनामूलक कार्यक्रम

राजविराज, २३ मंसिर । सप्तरीको राजविराज नगरपालिका नगरपालिका वडा नम्वर १४ पर्साहीमा सोमवार लैङ्गिक हिंसा सम्वन्धि चेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
प्रहरी चौकी को.बर्साईनले लैङ्गिक हिंसा सम्वन्धि चेतनामूलक कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रममा ६० जना स्थानीयहरुलाई लैङ्गिक हिंसा सम्वन्धि चेतना प्रदान गरिएको जनाएको छ ।
यसैगरी महिला हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १२ मा लैङ्गिक हिंसा सम्वन्धि चेतनामूलक कार्यक्रम गरिएको छ । नगरपालिकाकी उपप्रमुख सरीतादेवी यादवको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।
सामूदायिक प्रहरी साझेदारी र ईलाका प्रहरी कार्यालय हनुमाननगरको संयुक्त आयोजनामा लिलजा ठाकुर अधारभुत विद्यालयमा आयोजना गरिएको कार्यक्रममा ८० जना स्थानीयहरुलाई सहभागी गराइएको जनाएको छ ।