• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

राजविराज, २३ मंसिर । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्वर ६ का दिपेन्द्र महरा रहेका छन । सप्तरी प्रहरीले महरालाई पक्राउ गर्न पत्राचार गरिएकोमा वडा प्रहरी कार्यालय (ख) सिरहाका प्रहरी नायव निरीक्षक रामकुमार चौधरी नेतृत्वको टोलीले आइतवार नियन्त्रणमा लिएको हो ।
महरालाई नियन्त्रण लिएर सोमवार जिल्ला प्रहरी कार्यालय सप्तरी पठाएपछि सोमवारै महरामाथि म्याद थप गराई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।