• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रेस संगठनको सप्तरी संयोजकमा गोपाल, सह–संयोजकमा खगेन्द्र

प्रेस संगठनको सप्तरी संयोजकमा गोपाल, सह–संयोजकमा खगेन्द्र

राजविराज, २२ मंसीर । तत्कालिन प्रेस चौतारी र प्रेस सेन्टर मिलेर बनेको प्रेस संगठन नेपालको सप्तरी जिल्ला कार्यसमिति गठन गरिएको छ ।
प्रेस संगठन नेपालका केन्द्रीय सदस्यद्वय देवराम यादव र राजु विश्वकर्माको उपस्थितिमा आइतवार राजविराजमा सम्पन्न संयुक्त एकता बैठकले गोपाल प्रसाद गुप्ताको संयोजकत्वमा खगेन्द्र कार्की सहसंयोजक रहने गरि १५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
गठित समितिको सदस्यहरुमा शिवप्रसाद आचार्य, बिन्दु कुमार यादव, दिनानाथ यादव, श्यामसुन्दर यादव, दिनेश कुमार शर्मा, हेमशंकर सिंह, डम्बर राई, पुनम पोखरेल, प्रमिला चौधरी, मन्जु यादव, कमानन्द माझी, उत्सव आचार्य र महेन्द्र सदा रहेका छन् ।