Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा विभिन्न कार्यक्रम

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा विभिन्न कार्यक्रम

सप्तरी, १७ मंसिर । २८औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी सप्तरीमा मनाइएको छ ।
प्रभातफेरी, प्रतिभा प्रदर्शन र सामाग्री वितरणलगायतका विविध कार्यक्रम आयोजना गरी अपाङ्गता दिवस मनाइएको हो । राजविराजस्थित महादेव मन्दिर प्राङ्गणबाट निकालिएको प्रभातफेरी कार्यक्रम सगरमाथा अपाङ्ग कल्याण संघ, राजविराजको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो ।
सघको आयोजना एवम् लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समिति सप्तरीको संयोजनमा आयोजित कार्यक्रममा ५५ जना अपाङ्गता भएका व्यक्तिलाई कम्बल, स्टिलको थाल र गिलास वितरण गरिएको छ । संघका अध्यक्ष बलदेव मण्डलको अध्यक्षता एव् सहयोगी संस्था धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष ई. सुर्यनारायण यादवको प्रमुख आतिथ्यताका आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगत, मूल समारोह समितिका तर्फबाट इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, नेपाल पत्रकार महासंघका सह–सचिव चन्दन यादव, बहिरा बालक स्कूलकी प्रधानाध्यापक निलम ढकाल, समग्र जनउत्थान केन्द्रकी लक्ष्मी परियारलगायतले शुभकामना मन्तव्य व्यक्त गरिन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।