• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

लोकतान्त्रिक शहिद दशन यादवकी धर्मपत्नीको निधन

लोकतान्त्रिक शहिद दशन यादवकी धर्मपत्नीको निधन

राजविराज, १७ मंसिर । २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनका शहिद दशन यादवको पत्नी ईनरवती देवी यादवको सोमवार विहान निधन भएको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर–१ खुरहुरिया स्थित आफ्नै घरमा ६५ वर्षको उमेरमा निधन भएको हो । उनी विगत केही समयदेखि विरामी रहँदैआएकी थिईन् । स्व. ईनरवती देवीको सोमवारै हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । उनका छोरा सरोज कुमार यादवले दागवत्ती दिएका छन् ।
मृतकका पति दशन तात्कालिन नेकपा एमालेमा आवद्ध रहँदै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदैआएका थिए । राजनीतिक यात्राका क्रममा धर्मपत्नी ईनरवतीले भरमग्दूर सहयोग गर्दैैआएका थिए ।
तत्कालिन नेकपा एमालेबाट टिकट पाएका उनले मलेकपुर गाविसको उपाध्यक्षमा निर्वाचित भएका थिए । निष्ठावान भएर राजनीतिमा समर्पित रहँदै आएका थिए । तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि जारी आन्दोलनमा समेत उनको सक्रिय भूमिका रहेको थियो । २०६२÷०६३ को जन आन्दोलन–२ का क्रममा चैत्र २३ गते प्रहरी दमनमा परी उनको मृत्यु भएको थियो ।
लोकतान्त्रिक आन्दोलनका शहिद दशन यादवका पाँचभाइ छोराहरु क्रमशः विनोद कुमार यादव, सरोज कुमार यादव, प्रमोद कुमार यादव, दिपेन्द्र कुमार यादव र योगेन्द्र यादव छन् । जसमध्ये जेठो छोरा अशोक भनिने विनोद नेकपा माओवादी जनयुद्धका क्रममा २०६१ पुस १ गते तत्कालीन शाही सेनाको कार्वाहीमा मारिएका थिए ।