• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

नेपाल–भारत मैत्रीपूर्ण कुस्ती प्रतियोगिता शुरु

नेपाल–भारत मैत्रीपूर्ण कुस्ती प्रतियोगिता शुरु

बिरेन्द्र बजार, १६ मंसिर । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर– ५ स्थित मुसहर्नियामा सोमबार नेपाल–भारत मैत्रीपूर्ण कुस्ती प्रतियोगिता शुरु भएको छ ।
विबाह पञ्चमीको अवसर पारेर मेला आयोजक समितिले तीन दिवसीय कुस्ती प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपाल र भारतका गरि ४६ जना कुस्ती खेलाडीहरुले सहभागीता जनाएका छन् ।
प्रतियोगितामा ६ जना महिला कुस्ती खेलाडीको समेत सहभागिता रहेको छ । रुपनी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जगदिश दासको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष हरेराम यादव, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी सिमा सुरक्षा प्रमुख, रुपनी गाउँपालिकाका उपाध्यक्ष बेचनी देवी सरदार, विभिन्न वडाका अध्यक्षहरु र जिल्ला स्थित पालिकाका प्रमुख, सञ्चारकर्मी सहितका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियोे ।
प्रत्येक बर्ष आयोजना हुने प्रतियोगितामा यसवर्ष नेपालका र भारतका चर्चित खेलाडीहरुले सहभागी जनाएको आयोजक समितीका अध्यक्ष जगदेब यादवले जानकारी दिएका छन् । छ जना महिला खेलाडीले समेत सहभागिता जनाएको मैत्रीपुर्ण कुस्ती प्रतियोगिताको फाइनल खेल बुधबार सम्पन्न हुने यादवले बताए ।