• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

गायक गङ्गे र अन्जुको नेपाली म्युजिक भिडियो सार्वजनिक (भिडियो हेर्नुहोस् )

गायक गङ्गे र अन्जुको नेपाली म्युजिक भिडियो सार्वजनिक (भिडियो हेर्नुहोस् )

राजविराज, १६ मंसिर । यूवा गायक गङ्गे विक र गायिका अन्जु यादवको सु–मधुर स्वरमा सजिएको नेपाली म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘कोहिनूर हिरा हौ कि पूर्णिमाको जुन, चाहन्छु म जुनीजुनी प्रियसीकै हुन’ बोलको गीतको म्युजिक भिडियो आरके फिल्म्स् ईन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । शिला देवीको निर्देशनमा निर्माण भएको उक्त म्युजिक भिडियोको गीत रचना सागरवीर कडारीको रहेको छ । सङ्गीतकार शैलेन्द्र विश्वकर्माको सङ्गीत रहेको उक्त म्युजिक भिडियोमा राजिव साह र पूजा ठाकुरले मोडलिङ्ग गरेका छन् भने नृत्य निर्देशन सन्दीप लोहराले गरेको निर्माण पक्षले जनाएको छ ।
सुरेन्द्र कुजुरको छायाङ्कन रहेको म्युजिक भिडियोमा ड्रन छायाङ्कन राजु श्रोफ, मेकअप मोहन कुमार, कस्ट्युम धरम यादव, शुक्रराज साह, शिवम शर्मा, रुपेश साह समेतले सघाएका छन् । हालै सार्वजनिक भएको उक्त म्युजिक भिडियो निर्माण पक्षले निक्कै मेहनत गरेर बनाएकोले दर्शकहरुले मन पराउनेमा आफुहरु आशावादी रहेको मोडेल राजिव साहले जानकारी दिएका छन् ।

(भिडियो हेर्नुहोस्)