• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

बालिका अपहरणमा परेको खुलासा

प्रहरी जाहेरी दर्ता नगरेको भन्दै आफन्तद्वारा प्रदर्शन
बालिका अपहरणमा परेको खुलासा

राजविराज, १६ मंसिर । सप्तरीको राजविराज नगरपालिकाकी एक बालिका अपहरणमा परेकी छिन । प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै सोमवार आफन्तले राजविराजमा प्रदर्शन गरेपछि वडा नम्वर ७ का देवेन्द्र साहकी १४ वर्षीया गौरी साह अपहरणमा परेको विषय बाहिरिएको हो ।
राजविराजस्थित गौतम शिशु सदन बोडिङ्ग स्कुल कक्षा ९ मा अध्ययरन बहिनीलाई राजविराजकै ३/४ जना युवाहरुले गत शनिवार साँझ (मंसिर १४ गते) नै अपहरण गरेको विषयमा जाहेरी गर्न जाँदा जाहेरी दर्ता नगरेको गौरीका दाजु गोपाल साहले बताए ।
साहका अनुसार विकास कर्ण, जयराम यादव, रुपेन्द्र यादव लगायतका युवाहरुको संलग्नतामा गौरीको अपहरण भएको हो । प्रदर्शनकै क्रममा ४/५ युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक प्रकाश बस्नेतले सोमवारै पीडित परिवारजनको तर्फबाट खोज तलासकालागि हुलियासहितको उजुरी जिल्ला प्रहरी कार्यालयमा आएको जानकारी दिए । पिडित परिवारले सोमवार मात्रै उजुरी गर्न आएको हो, यथपी अपहरण नै भएको हो भन्ने विषय यकिन नभएपनि अनुसन्धान थालिएको हो, उनले भने ।