Top_Header_Right_Add

निर्वाचन अपडेट : मतगणना सुरु

अढाईदेखि तीन घण्टासम्ममा मतगणना भईसक्ने
निर्वाचन अपडेट : मतगणना सुरु

राजविराज, १४ मंसिर । उपनिर्वाचन अन्तर्गत सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा वडा अध्यक्ष पदकालागि शनिवार भएको निर्वाचन अन्तर्गत मतगणना सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार बेलुकी ८ बजेबाट मतगणना सुरु भएको हो । ७ बजेदेखि मतगणना सुरु गर्ने भनिएपनि मुचुल्का तयार पार्न केही ढिलाई भएपछि ८ बजेबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले बताए ।
छ सय ४६ महिला तथा सात सय ५७ पुरुष गरी कुल १ हजार ४ सय ३ मतदाता रहेकोमा ५ सय ५३ पुरुष र ५ सय ६१ महिला गरी १ हजार १ सय १४ जना मतदाता रहेको सो वडामा ७९ दशमलव ४५ प्रतिशत मतदान भएको हो ।
एक हजार १ सय १४ जनाले मतदान गरेको जनाएको छ ।  मुख्य निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिए ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer