Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

मतदान सकियो, ७ बजेपछि मतगणना सुरु हुने

७९ दशमलव ४५ प्रतिशत मतदान
मतदान सकियो, ७ बजेपछि मतगणना सुरु हुने

राजविराज, १४ मंसिर । उपनिर्वाचन अन्तर्गत सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा वडा अध्यक्ष पदकालागि भएको निर्वाचनमा ७९ दशमलव ४५ प्रतिशत मतदान भएको छ ।
छ सय ४६ महिला तथा सात सय ५७ पुरुष गरी कुल १ हजार ४०३ मतदाता रहेकोमा ५५३ पुरुष र ५६१ महिला गरी १ हजार ११४ जना मतदाताले मतदान गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
मतगणनास्थल छिन्नमस्तास्थित भुपेन्द्र संस्कृत माध्यमिक विद्यालयमा मतपेटीका जम्मा गर्ने कार्य पनि सकिएकोले बेलुकी ७ बजेपछि मतगणना सुरु गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी सुनील खनालले जानकारी दिए ।
स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय हाटीमा विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म शान्तिपूर्वक, मर्यादित र भयरहित रुपमा मतदान भएको छ । छ राजनीतिक दल र एक जना स्वतन्त्र गरी ७ जना उम्मेदवारी चुनावी प्रतिष्पर्धामा छन् ।
२०७४ को निर्वाचनमा वडा नम्वर ७ को अध्यक्ष पदमा राजपाबाट निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको संयोजक पदमा चुनिएपछि सो पद रिक्त हुन पुगेको थियो ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।