• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीकी कवि बिमलालाई ‘मिथिलारत्न’ उपाधी

राजविराज, १३ मंसिर । अखिल भारतीय मिथिला संघ (पंजी.) दिल्ली तथा अन्तराष्ट्रिय मैथिली परिषद नोएडाद्वारा डा. भीमराव अम्बेडकर सेन्टर अडिटेरियममा आइतवार आयोजित भव्य समारोहका बीच सप्तरीको राजविराज निवासी विमला देव मिथिलारत्न उपाधीबाट विभूषित भएका छन् ।
विद्यापति स्मृति पर्व समारोह २०१९ को अवसरमा आयोजित समारोहमा उनलाई कार्यक्रमका मुख्य अतिथि भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जगत प्रकाश नड्डाले दोसल्ला, मिथिला विभूति स्मृति चिन्हका साथ सम्मान गरिएको हो ।
कार्यक्रममा राज्य सभा सदस्य प्रभात झा, सांसद मनोज तिवारी लगायतले कवि विमला देवलाई शुभकामना दिए । सम्मानित व्यक्तित्व देव विगत दुई दशकदेखि साहित्यिक क्षेत्रमा सक्रिय रहँदैआएका छन् ।