• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

सप्तरीका १३ स्थानीय तहको नाममा पेश्की ९ करोड २३ लाख

सप्तरीका १३ स्थानीय तहको नाममा पेश्की ९ करोड २३ लाख

राजविराज, ३ मंसिर । सप्तरी जिल्लाका बाढी पीडित परिवारलाई घर मर्मत गर्न भनी उपलब्ध गराएको रकम वापतको पेश्की रकम अझैं स्थानीय तहहरुले फर्छ्यौट गरेको छैन ।
२०७४ साउनमा आएको बाढीले क्षति भएका परिवारकालागि सरकारले पठाएको रकमको पेश्की जिल्लाका १३ नगरपालिका तथा गाउँपालिकाहरुले हालसम्म फछ्र्रयौट नगरेको हो । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जानकारी अनुसार स्थानीय तहकहरुको नाममा कुल ९ करोड २३ लाख ५० हजार पेश्की कायम रहेको छ ।
जिल्लाको राजविराज नगरपालिकाको नाममा करोड ७९ लाख २५ हजार रहेको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका ३ करोड ३१ लाख २५ हजार, डाक्नेश्वरी नगरपालिका ३ लाख ५० हजार, खडक नगरपालिका १ लाख ५० हजार, अग्नीसाइर कृष्णासवरण गाउँपालिका ६ लाख २५ हजार, छिन्नमस्ता गाउँपालिका ५२ लाख ७५ हजार, महदेवा गाउँपालिकाको नाममा ५ लाख ५० हजार रुपैयाँ पेश्की रहेको छ ।
यसैगरी तिलाठी कोइलाडी गाउँपालिका एक करोड ५८ लाख ७५ हजा, रुपनी गाउँपालिका ५ लाख, विष्णुपुर गाउँपालिका २९ लाख २५ हजार, सुरुङ्गा नगरपालिका ५ लाख ७५ हजार, राजगढ गाउँपालिका १२ लाख २५ हजार र तिरहुत गाउँपालिकाको नाममा ३२ लाख ५० हजार रुपैयाँ पेश्की रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीका लेखापाल ललन गुप्ताले जानकारी दिएका छन् ।
उनका अनुसार पेश्की रकम फर्छ्यौट गर्नकालागि सम्वन्धित नगरपालिका तथा गाउँपालिकाहरुलाई पटक–पटक पत्राचार गरिए पनि वेवास्ता गर्दैआएको छ । पछिल्लो पटक उक्त विषयमा विपद व्यवस्थापन समितिको बैठकमा समेत प्रस्ताव राखेर अविलम्ब पेश्की फछ्यौट गर्न निर्णय गरिएको छ ।
२०७४ साउनमा आएको बाढीले क्षति भएका परिवारहरुलाई मन्त्री परिषद्को निर्णयानुसार घर मर्मत गर्न भनी नगरपालिका तथा गाउँपालिकाहरुलाई पेश्की रकम उपलब्ध गराएको थियो । उक्त पेश्की रकम फर्छ्यौट सोही आर्थिक वर्षको अन्त्यसम्म फर्छ्यौट गर्नुपर्ने प्रावधान रहेको छ । यद्यपी जिल्लाका नगरपालिका तथा गाउँपालिकाहरुले हालसम्म पेश्की फर्छ्यौट नगरेको हुँदै अविलम्ब उक्त रकम वापतको भर्पाई, प्रतिवेदन ईत्यादि पेश गर्न पुनः पत्राचार भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिएका छन् ।