• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रतिबन्धित गाँजा बोट लगाउन अझै रोकिएन्

राजविराज, ०२ मंसिर । प्रहरीले प्रतिबन्धित गाँजा बोट फडानी गरी नष्ट गर्ने कार्यलाई तिव्रता दिएपनि सप्तरीमा गाँजा बोट लगाउनेहरुको संख्यामा भने कमी आएको छैन् ।
सोमवार मात्रै प्रहरीले विष्णुपुर गाउँपालिका–६ गोरगामा र हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह र २ बाट सखरदेहीबाट झण्डै ८ सय गाँजा बोट फडानी गरेको छ । ईलाका प्रहरी कार्यालय बिष्णुपुरबाट खटिएको प्रहरी टोलिले बिष्णुपुर गाउँपालिका–६ गोरगामाबाट ५५ वटा गाँजा बोट फडानी गरेको जनाएको छ ।
यसैगरी, ईलाका प्रहरी कार्यालय भारदह तथा सशस्त्र प्रहरी बल बेश क्याम्प भारदहबाट खटिएको संयुक्त प्रहरीले टोलीले हनुमाननगर कंकालिन नगरपालिका–१ भारदह र वडा नम्वर २ सखरदेहीबाट ७ सय गाँजा बोट फडानी गरेको छ । स्थानीयहरुले खेतवारी तथा आँगनमा लगाएको गाँजा बोट फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।