• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

शिक्षा नीति ठिक नहुँदा सामुदायिक विद्यालय धरासयी

शिक्षा नीति ठिक नहुँदा सामुदायिक विद्यालय धरासयी

बिरेन्द्र बजार, २९ कार्तिक । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ जण्डोलमा शुक्रबार संघीयता र विद्यालय शिक्षा बिषयक छलफल आयोजना गरियो ।
मार्टिन चौतारी काठमाडौ र दलित सरोकार मञ्च नेपालले सरोकारवालासँग छलफल आयोजना गरेको हो । छलफलका सहभागीहरुले स्थानीय सरकार र विद्यालय बिच समवन्य हुन नसकेको बताए । समवन्यको अभावमा शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार आउन नसकेकोले उनीहरुले जनप्रतिनिधि र विद्यालय बीच सहकार्य गर्नुपर्नेमा जोड दिए ।
शिक्षा नीति ठिक नहुँदा सामुदायिक विद्यालयको अवस्था धरासयी हुँदै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरे । देश संघीय प्रणालीमा गएपछि क्षेत्र अधिकार बाँडफाँडमा अन्यौल सिर्जना हुँदा शिक्षा क्षेत्रमा विकासले गति लिन नसकेको भन्दै सहभागीहरुले असन्तुष्टि व्यक्त गरे ।
ऐन कानूनको अभावले जटिलता आएको बताउदै शिक्षा नियमावली बनाउने पुर्ण अधिकार स्थानीय सरकारलाई दिनुपर्ने सरोकारवालाले बिचार व्यक्त गरे । छलफलमा तिरुहुत गाउँपालिकाका अध्यक्ष हेमन्त कुमार बहडखेर, रुपनी गाउँपालिकाका निमित्त अध्यक्ष गोविन्द सिंह थापा मगर, शिक्षा विकास समवन्य ईकाई सप्तरीका प्रमुख फनिन्द्र खत्री, अग्निसाईर कृष्णासवन गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष कुसुम आचर्य, शम्भुनाथ नगरपालिका वडा ७ का अध्यक्ष गोपाल चौधरी, सप्तकोसी नगरपालिका १० का अध्यक्ष उचितनारायण चौधरी, विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, पेशागत संगठनका पदाधिकारी, अभिभावक, सञ्चारकर्मी लगायतले संघीयता र विद्यालय शिक्षाबारे मन्तव्य व्यक्त गरे ।
मार्टिन चौतारीका अनुसन्धानकर्ता लोकरञ्जन पराजुलीले छलफलको बिषयबस्तुबारे प्रकाश पारे भने दलित सरोकार मञ्च नेपालका निर्देशक भोला पासवानले सहजीकरण गरे ।