• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पाँच किलो गाँजा बरामद

राजविराज, २४ कार्त्तिक । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट आइतवार पाँच किलो प्रतिवन्धित लागुऔषध गाँजा बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको टोलीले सो गाँजा बरामद गरेको हो । प्रहरीलाई देखेपछि गाँजा बोकेका व्यक्ति फरार भएको जनाएको छ । बरामद गरिएको सो प्रतिवन्धित लागुऔषध गाँजा स्थानीय प्रहरी कार्यालयमा वुझाएको जनाएको छ ।