• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

तिलाठी कोइलाडी गापा भ्रष्टाचारको अखाडा बनेको छ : उपाध्यक्ष यादव

अध्यक्ष भन्छन्– ‘अनियमितता गरेको प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु’
तिलाठी कोइलाडी गापा भ्रष्टाचारको अखाडा बनेको छ : उपाध्यक्ष यादव

राजविराज, १९ कार्त्तिक । अध्यक्षले हैकमवादी चरित्र प्रदर्शन गर्दै एकल निर्णयका आधारमा व्यापक अनियमितता गरेको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुनिताकुमारी यादवले नै आरोप लगाएकी छन् ।
राजविराजमा मंगलवार पत्रकार सम्मेलन गर्दै उनले यस्तो आरोप लगाएकी हुन् । ‘अध्यक्ष सतिशकुमार सिंहले नै गाउँपालिकामा भ्रष्टाचार र वेथितिलाई बढावा दिएको छ’ उनले भनिन्–‘आफ्नो भुमिका समेतलाई वेवास्ता गर्दै अध्यक्षले मनमानी ढंगली काम गरिरहेकाले गाउँपालिकाको अवस्था लथालिङ्ग वनेको छ ।’
उपाध्यक्ष यादवले गाउँपालिकामा स्विकृत दरवन्दि बाहेक कयौं आफन्तहरुलाई भर्ना गरी करार र डोर हाजिरीमा लगाएर तलव भत्ता खुवाउने गरेकोले गाउँपालिकामा आर्थिक भार थपेको बताइन् । ‘अघिल्लो आर्थिक वर्षमा वजेट वनाउँदा पनि आफुलाई किनारा लगाएर कार्य गरेको छ’ उनले भनिन्–‘दरवन्दिमा रहेका इन्जिनियरले अनियमित तरिकाका योजनाको मुल्यांकन गर्न नमान्दा एक आफन्तलाई नै करारमा इन्जिनियर नियुक्त गरेको छ ।’
पत्रकार सम्मेलनमा उनले अनियमित प्रक्रियाबाट गरिएको कर्मचारी नियुक्ती, योजनाहरुमा भएको भ्रष्टाचार र वेथितिबारे सोध्दा समेत वेवास्ता गरिरहेको गुनासो गरिन् । ‘कर्मचारी नियुक्ती प्रक्रिया र योजनाहरुबारे जनतालाई पनि जानकारी दिनुपर्ने हो, तर आफुलाई समेत जानकारी दिन मान्नु भएन’ उनले थपिन्–‘केही नलागेपछि बाध्य भएर पत्रकार सम्मेलन गर्नु परेको छ ।’
पत्रकार सम्मेलनमा उपस्थित राजनितिक दल आवद्ध नेताहरुले समेत अध्यक्षको मनमानीले गाउँपालिका कार्यालयका कर्मचारीदेखि जनतालई तनाव थपेको गुनासो गरे । ‘सरुवा भई आएका प्रमुख प्रशासकिय अधिकृत राजिव कुमार झालाई भुमिका विहिन वनाई राखेको, निजको नाममा गाउँपालिकाको खाता संचालन समेत नगर्दा ४ महिनादेखि कर्मचारीहरुले तलव समेत खान पाएको छैन्’ राष्ट्रिय जनता पार्टी नेपालका जिल्ला उपाध्यक्ष निरज मुक्तिले भने–‘जसका कारण गाउँपालिका कार्यालयमा कामकाज समेत असहज भएको छ ।’
आर्थिक कारोवार समेत प्रभावित भईरहँदा पनि अध्यक्ष सिंहले गाउँपालिकाका सम्पुर्ण कागजपत्र आफनो कब्जामा राखेर वसेको उनले बताए । आफु अनुकुल नहुने अवस्था देखेपछि प्रमुख प्रशासकिय अधिकृत झाको सरुवा गराउन अध्यक्ष सिंह सक्रियता बढाएको देखिन्छ, उनले भने ।
अर्का नेता गाउँपालिका अध्यक्ष पदका प्रत्यासी नेपाली कांग्रेसका अरुण कुमार मण्डलले अध्यक्ष सिंहको कार्यशैलीका कारण जनताले लोकतन्त्रको महसुस समेत गर्न नपाएको गुनासो गरे । यस्तै, वडा नं. १ का अध्यक्ष दिनेश्वर मिश्र, नेकपाका वालेस्वर झा, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका सहअध्यक्ष निसान्तकुमार सिंह, राष्ट्रिय जनता पार्टीका क्षेत्रीय अध्यक्ष महेन्द्र खंग, सोहि पार्टीका नेता सुर्जित सिंह, समाजवादी पार्टीका सत्यनारायण मुखिया समेतले अध्यक्ष सिंहको कार्यशैलीप्रति असन्तुष्टि जनाए ।
यता, अध्यक्ष सिंहले नयाँ सरुवा भई आएका प्रमुख प्रशासकिय अधिकृत झाले जनप्रतिनिधिको अस्तित्व स्विकार नगरेको र आफुहरुलाई कुनै जानकारी नै नदिई कार्यालयमा हाजिर भएकोले उनको नाममा खाता संचालन नगरिएको वताए । कहि कतै अनियमितता गरेको प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु, उनले थपे ।