Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

कलाक्षेत्रमा पुनः सक्रिय हुँदै सप्तरी कलाकुञ्ज

कलाक्षेत्रमा पुनः सक्रिय हुँदै सप्तरी कलाकुञ्ज

राजविराज, १८ कार्तिक । करिब दुई दशक अघि सप्तरीमा स्थापना भई विगत केही वर्षयता निष्क्रिय रहेको सप्तरी कलाकुञ्ज पुनः सङ्गठित भएको छ ।
जिल्लामा साङ्गीतिक गतिविधिमा जागरण ल्याउने तथा नयाँ कलाकारहरुलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ कलाकुञ्ज पुनः सञ्चालनमा आएको हो । छठ पर्वको अवसर पारेर कलाकर्मीहरु सङ्गठित भई राजविराज नगरपालिका वडा नम्वर–७ स्थित यदुवंशी पोखरीको छठ घाटमा शुभकामना आदान–प्रदान एवम् सांस्कृतिक कार्यक्रम शनिवार राती आयोजना गरियो ।
खरसाल यूवा समूहको समन्वयमा आयोजित कार्यक्रममा चर्चित नृत्य निर्देशक प्रेम सोनाम, निल घतानी, सुधा रत्ना, शिवशंकर यादव, रामबालक यादव लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो । सोही कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, डा. शिवशंकर यादव, अधिवक्ता सुजित कुमार पोखरेल, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, सङ्गीतकार शैलेन्द्र विश्वकर्मा, विरेन्द्र सप्तरीया, प्रसिद्ध यूवा वाद्यवादक निल घतानी, यूवा पत्रकार सौरभ यादव, सुरेश कुमार शर्मा लगायतकालाई सम्मान गरिएको छ ।
सप्तरी कलाकुञ्जका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, वरिष्ठ सल्लाहकार सुखराम यादव लगायतले संस्थालाई थप सशक्त बनाउन सुझाव दिँदै आफुहरुले समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।