• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
घाँस काट्न गएकी महिला मृत फेला परिन्

बृजमान तामाङ
बिरेन्द्र बजार, १६ कार्तिक । सप्तरीको अग्निसाईर कृष्णा सवरन–१ स्थित जण्डोलमा शनिबार एक महिला मृत अबस्थामा फेला परेकी छिन ।
चार दिनदेखि हराएकी स्थानीय मुस्लिम टोलका अन्दाजी ३६ बर्षकी बुलु खातुन मृत अबस्थामा भेटिएकी हुन् । गत १२ गते १२ बजेतिर घाँस काट्न भनी घरबाट निस्किएकी खातुन राती अबेरसम्म घर नफर्केपछि खोजतलास गरिएको मृतकका पति ईनुस मियाँले बताए ।
जङ्गल र आफन्तकोमा खोजी गर्दा कतै पत्ता लाग्न नसकेपछि भोलिपल्ट प्रहरीमा खबर गरेको उनले जानकारी दिए । खोजी गर्ने क्रममा राजमार्गदेखि उत्तरतर्फ महुली खोलाको हेडड्यामदेखि पश्चिम् कुलोमा मृत फेला परेको मियाँले बताए ।
लासको प्रकृति हेर्दा चार दिन अगावै उनको मृत्यु भएको अनुमान गरिएको छ । लास दुर्गन्धित गलेको अबस्थामामा रहेको छ । घटना स्थलमा प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्राको नेतृत्वमा रहेको प्रहरी टोलीले अनुसान्धन गरिरहेको छ ।
प्रदेश प्रहरीबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान शुरु गरेको तथा शव परीक्षणका लागि वि.पि.कोईराला स्वास्थ्य बिज्ञन प्रतिष्ठान धरान पठाएको डिएसपी मिश्राले जानकारी दिए । घटनाबारे थप कुरा अनुसान्धन पछि मात्र भन्न सकिने प्रहरीले जनाएको छ ।