• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

नायिका डोली र गायिका अन्जुको छठ गीतको भिडियो सार्वजनिक (हेर्नुहोस् भिडियो )

नायिका डोली र गायिका अन्जुको छठ गीतको भिडियो सार्वजनिक (हेर्नुहोस् भिडियो )

राजविराज, १५ कार्तिक । मैथिली, नेपाली एवम् भोजपुरी सिनेमाकी चर्चित नायिका डोली सरकारद्वारा अभिनित छठ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सु–प्रसिद्ध गायिका अन्जु यादवद्वारा स्वरवद्ध उक्त गीतको भिडियो विहीबार राती जननी फिल्मस् यु–ट्युब च्यानलबाट सार्वजनिक भएको हो । जननी फिल्म्सको ब्यानरमा सार्वजनिक दुई वर्ष अघि सार्वजनिक ‘सुमिरन मैयाके’ भक्तिमय एल्बम पश्चात पुनः अर्को धार्मिक, सांस्कृतिक एवम् भक्तिमय गीत सार्वजनिक भएको हो ।
चर्चित गीतकार अशोक दत्तको गीत रचना रहेको ‘दियौ आशिष भक्तके हे छठी मैया’ बोलको गीतको कोरियोग्राफी समेत नायिका डोली सरकारले गरेकी छिन् । यूवा सङ्गीतकार दिपेन्द्र रामको सङ्गीत रहेको उक्त म्युजिक भिडियो राजविराज स्थित युनाइटेड रेकर्डिङ्ग स्टुडियोमा रेकर्डिङ्ग गरिएको छ । ‘दियौ आशिष भक्तके हे छठी मैया’ बोलको गीतको छायाङ्कन एवम् सम्पादन प्रेम राउतले गरेका छन् ।
हालसम्म सार्वजनिक भएका छठ गीतहरुमध्ये यो म्युजिक भिडियो पृथक रहेको नायिका डोलीले जानकारी दिईन् । उनले भनिन् ‘हालसम्म जे जति छठ गीतहरु आएको छन्, ती सबै एउटै लयमा छ कि त प्यारोडी छ तर यो गीत भने बिलकुलै मौलिक छ ।’ करिब पाँच सय भन्दा बढी गीत गाईसकेकी गायिका अन्जुले ‘दियौ आशिष भक्तके हे छठी मैया’ बोलको गीत रचना नै उत्कृष्ट रहेको तथा आफुले समेत दिपेन्द्र रामको सङ्गीतमा नयाँपन दिने प्रयास गरेको प्रतिक्रिया दिईन् ।
यसैगरी ‘जल्दी जल्दी चलु छठ घाटपर, आब होइय अबेर’ बोलको गीतको सम्पादन समेत अन्तिम चरणमा रहेको भईरहेको निर्माता श्यामसुन्दर यादव (पथिक)ले जानकारी दिएका छन् । अशोक दत्तकै शब्द रचना रहेको उक्त गीत जनकपुरधाम स्थित नटराज प्रोडक्सन स्टुडियोबाट चर्चित सङ्गीत रोशन मिश्राले सङ्गीत दिएका छन् । गायिका अन्जु यादवले राजविराज स्थित युनाइटेड स्टुडियोमा आइतवार गीत रेकर्ड गराएकी छिन् । उक्त गीतमा समेत चर्चित नायिका डोली ले मोडडिङ्ग तथा प्रेम राउतले छायाङ्कन एवम् सम्पादन गरिरहेका छन् ।
हालसम्म सार्वजनिक भएका छठ गीतहरुमध्ये दुवै गीत पूर्ण रुपमा मौलिक रहेकोले दर्शकहरुले औधी मन पराउने युनाइटेड स्टुडियोका सञ्चालक समिति सदस्य समेत रहेका चर्चित गीतकार भूषण सिंह ‘भँवर’ले टिप्पणी गरेका छन् । अरुको गीतको कपी वा प्यारोडी बनाउनु भन्दा आफ्नै मौलिक गीत सङ्गीतले प्रोत्साहन पाउनुपर्नेमा जोड दिँदै उनले प्यारोडी गायनले मैथिली गीत सङ्गीतको मौलिकता तथा श्रृजनशीलता समेत हराउँदै गरेकोले यसलाई निरुत्साहित गर्नुपर्ने बताए ।
नायिका डोली र गायिका अन्जुको कम्बिनेशनमा आउनलागेको दुवै छठ गीतको कोरियोग्राफी नायिका डोलीले स्वयम् गरिरहेकी छिन् । दुवै छठ गीतको निर्माणमा मैथिली साहित्य परिषद् राजविराजका उपाध्यक्ष श्यामसुन्दर यादवले सघाएका छन् ।

हेर्नुहोस् भिडियो