• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कोशी नदीमा फाम फालेकी महिलाको सकुशल उद्धार

कोशी नदीमा फाम फालेकी महिलाको सकुशल उद्धार

राजविराज, १५ कार्त्तिक । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजमा शुक्रवार हाम फालेकी एक महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
परिवारीरिक विवादका कारण ५२ नम्वर ढोकाबाट हाम फालेकी खडक नगरपालिका–१० बनौलीका उमेश चौधरीकी २१ वर्षीया पत्नी मनिषा चौधरीलाई उद्धार गरेको हो । नदीमा हाम फालेसँगै छठ पर्वकालागि कोशीको घाट सरसफाई गर्न पुगेको इलाका प्रहरी कार्यालय भारदहको प्रहरी टोलीले चौधरीलाई सकुशल उद्धार गर्न सफल भएको डिएसपी तिलक भारतीले बताए ।
नदीमा हाम फालेर वेहोस भएकी चौधरीलाई उपचारार्थ भारदह स्थित भारदह अस्पतालमा भर्ना गरिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।