• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

खेलकुद क्षेत्रमा विकास गर्न प्रदेश सरकार प्रतिवद्ध छ : मन्त्री साह

खेलकुद क्षेत्रमा विकास गर्न प्रदेश सरकार प्रतिवद्ध छ : मन्त्री साह

राजविराज, १३ कार्त्तिक । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधुवापुरमा दुई दिने नेपाल–भारतबीच दंगल (कुश्ती) प्रतियोगिताको आयोजना गरिएको छ ।
प्रतियोगिताको प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले बुधवार एक समारोहका बीच उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै उनले खेलकुद क्षेत्रमा विकासकोलागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
उनले खेलकुद क्षेत्रमै विकास गर्न प्रदेशभरिका खेल मैदानलाई स्तरोन्नती गर्ने कार्य अघि बढाइएको बताए । खेलकुद क्षेत्रमै कार्य गर्न सवैको सहयोग आवश्यक रहेकोले सवैले सहयोग गर्नुपर्नेतर्फ आग्रह समेत गरे । वडा नम्वर ४ का वडाध्यक्ष नागेश्वर मण्डलको अध्यक्षतामा आयोजित दंगल प्रतियोगितामा नेपाल र भारतका २४ जना कुश्वीवास (पहलवान) हरुबीच प्रतिस्पर्र्दा हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार दुई दिने कुश्ती प्रतियोगितामा नेपालबाट विरगंज, पर्सा र काठमाडौं तथा भारतबाट युपी, राजस्थान, दिल्ली, हरियाना लगायत स्थानहरुका पहलवानहरुको सहभागी रहेको छ ।