• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

चित्रगुप्तको कलम एक लाख एक सय एक रुपैयाँमा विक्री

चित्रगुप्तको कलम एक लाख एक सय एक रुपैयाँमा विक्री

राजविराज, १३ कार्तिक । चित्रगुप्त पूजाको अवसरमा राजविराज स्थित चित्रगुप्त सेवा समितिद्वारा गरिने भगवान हाथको कलम विक्री कार्यक्रममा यस बर्ष एक लाख एक सय एक रुपैयाँमा विक्री गरेको छ ।
राजविराज नगरपालिका–८ निवासी रेखा देवी कर्णले रु. १ लाख १ सय ५ को बोली लगाएर कलम खरिद गरेकी हुन् । रेखाका पति सुरेन्द्र लाल कर्ण अवकाशप्राप्त शिक्षक हुन् भने जेठो छोरा शम्भु कर्ण ईन्जिनियर तथा कान्छो छोरा सरोज कर्ण चिकित्सक हुन् । कलम खरिद गर्ने प्रतिस्पर्धा समितिले ४० बर्षदेखि सञ्चालन गर्दैआएको छ ।
समितिका अध्यक्ष अशोक कुमार कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ९–१२ मा पढने ८ जना र स्नातक तहमा पढने ४ जनालाई छात्रवृति वितरण गरिएको थियो । १२ सम्मको छात्रवृत्ति समितिबाट र स्नातक तहको छात्रवृत्ति पूर्व शिक्षक बैद्यनाथ लाल कर्णले आफ्नी दिवङ्गत पत्नी स्व. सुप्रभा कर्णको स्मृतिमा दिंदै आइएको छ ।
यसै अवसरमा बुधवार कायस्थ समुदायको १६ बर्ष मुनिका बालबालिका बीच हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो ।