• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनी गाउँपालिकाको छपकी टोलमा संयुक्त सरसफाई

रुपनी गाउँपालिकाको छपकी टोलमा संयुक्त सरसफाई

राजविराज, १० कार्तिक । दीपावली तथा छठ पर्वको अवसरमा रुपनी गाउँपालिका वडा नम्बर ४ स्थित छपकी टोलमा स्थानीयवासिन्दा समेतको सक्रियतामा शनिवार सरसफाई गरिएको छ ।
वडा अध्यक्ष छेदी इसरको अगुवाईमा छपकी भथौल तथा लबकाटोलका युवा बुद्धिजीवीहरुले संयुक्त रुपमा सरसफाई गरेका हुन् । पूर्ण सरसफाईयुक्त हाम्रो वडा, यो हो हामी सबैको अभिभारा’ मूल नाराका साथ आयोजना गरिएको सो कार्यक्रममा करिब सय जना भन्दा स्थानियहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा आधारभूत विद्यालय छपकी भथौलका प्रधानाध्यापक बालकिसुन यादव, स्वास्थ्य चौकी प्रमुख क्षत्री साफी समेतले सहभागिता जनाएका छन् ।
सरसफाईको क्षेत्रमा वडामा धेरै काम गर्न बाँकी रहेकोले स्थानियवासिन्दा समेतको सहयोगमा अभियान सञ्चालन गर्ने वडा अध्यक्ष इशरले बताए । मुख्य सडक, सहायक सडक पशु चौपाया, घर निर्माण सामग्री, फोहर राख्नका लागि प्रयोग नगर्न आफुले अपिल गरेको उनलदे बताए । सडकमै पशु चौपाया बाँध्ने, खरानी, गोबर तथा घरको फोहर सडकमै थुपार्ने प्रवृत्ती बढेकोले पहिलो चरणमा जारुक गराउने र अटेर गरे गाउँपालिकाबाट प्राप्त हुने सेवा सुविधाबाट सेवा बञ्चित समेत गराइनेसम्मको कार्यहरु गरेर वडालाई नमूना बनाउने वडा अध्यक्ष इशरले जानकारी दिए ।