• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्वार्ता

किसानलाई मल, बीऊ एवम् औजार खरिदमा अनुदान दिनुपर्छ

मनोज चौधरी
किसानलाई मल, बीऊ एवम् औजार खरिदमा अनुदान दिनुपर्छ

नेकपाका यूवा नेता हुन् मनोज चौधरी । उनी विद्यार्थी जिवनकालदेखि नै राजनीतिमा सक्रिय रहँदैआएका छन् । मधेशको समृद्धि एवम् विकासकालागि चौधरी चिन्तनशील रहँदैआएका छन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीः
अहिले जुन तरिकाले नेपाल कृषिमा अगाडि बढिरहेको छ । यसलाई कसरी लिनु हुन्छ ?
नेपाल भूपरिवेष्ठित राष्ट्र र परापूर्व कालदेखि खेती किसानी भएकाले गर्दा नेपालीको मुख्य पेशा कृषि हो । नेपाललाई कृषि प्रधान देश भनेर चिनिन्छ । म एक कृषि किसानको छोरा हुँ । मलाई के लाग्छ भने हामी नेपाली कृषि क्षेत्रमा धेरै पछाडी छाँै ।
नेपालको जिडिपीको ३६ प्रतिशत कृषि क्षेत्रले ओगटेको छ । ३० प्रतिशत जग्गा कृषि उद्देश्यका लागि प्रयोग भएको छ । विदेशी मुलुकमा ५ प्रतिशत जमिनमा ११ प्रतिशत जनसंख्याले खेती किसानी गरेर ८५ प्रतिशत जनसंख्यालाई पुुु¥याउँछ । हाम्रो देशको जमिन वरदान हो । यहाँको जमिन मलिलो र विभिन्न अन्न फल, सागसब्जी फलाउन योग्य छ । तर कृषिमा सम्लग्न नेपालीहरु पौराणिक कृषि विधि अपनाई रहेका छन् र आफूलाई पुग्ने मात्र उब्जनी गर्दछौ । नेपालीको उब्जनी नपुगेर वार्षिक ५० विलियन भन्दा बढीको कृषि आयात हुन्छ ।
तपाई कृषकको छोरो हुनु हँुदो रहेछ , हाम्रो देशमा के कस्ता कृषि समस्या देख्नु भएको छ ?
जब लोकतन्त्र आयो किसानले जुन तरिकाले आश विश्वास र भरोसा गरेका थिए तर पूरा हुन सकेको छैन । कृषिमा जुन रफ्तारमा विकास हुनुपर्ने थियो । त्यो हुन सकेको छैन । जस्तै सबैभन्दा धेरै समस्या सिंचाई छ । कृषकले कृषि गर्न आकासे पानीको भर पर्नुपरेको छ । कतिपय ठाउँमा पम्पिङ्ग सेटबाट सिंचाई गरिन्छ । मलखादको मुल्य यति महङ्गो छ कि किसान त्यो किन्नै डराउँछ ।
कतिपय जग्गा अनुरुप खेती भएको छैन । राज्यले कृषि हुने ठाउँमा विशेषज्ञ छैन र भएको ठाउँ किसानसँग उनीहरुको सहभागीता कम देखिन्छन् । साथै व्यवस्थित बजार नि छैन । उत्पादित कृषि उपजको उचित भाउ पनि नपाईने अवस्था छ ।
तपाई एक राजनितिकर्मीको हैसियतले हेर्दा कृषिमा विकास नहुँदा देशमा के असर पर्छ जस्तो लाग्छ ?
नेपालको धेरै कृषकहरुले कृषि छोडेर मात्र हैन, देश छोडेर जिविका चलाउन विदेश पलायन हुनु परेको छ । नेपाली श्रम, मुद्रा विदेशीएका छ । यदी कृषिमा विकास नगर्ने हो भने देशको अर्थतन्त्रमा समस्या उत्पन्न हुन्छ । रोजगारको कमी हुन्छ । यसैगरि नेपाली क्षमता सिप लिएर विदेश जान्छन्, र फर्किंदा ठूलो बाकसभित्र र्फिकनुपर्छ । किसानहरु जिविकोपार्जन गर्न नसके आत्मा हत्या पनि गर्छन् । नेपाललाई कृषि प्रधान देश भन्न लाज लाग्नुपर्ने अवस्था श्रृजना भएको छ ।
कृषि विकास गर्न तपाईको माग के छ ?
म किसानको छोरो हुँ । मेरो पूर्खा कृषक थिए । मेरो माग भन्नु नै कृषकको माग हो । कृषियोग्य ठाउँहरुमा कृषि विशेज्ञ हुनुपर्छ । सिंचाईको राम्रो व्यवस्था हुनुपर्छ । कृषकलाई मल, बिऊ बिजन किन्न अनुदानको व्यवस्था हुनुपर्छ । कृषि कार्य गर्न विदेशीको सहयोग लिइ उन्नत जातका बिऊ बिजन तथा कृषि सामाग्री उपलब्ध हुनुपर्छ । यसका साथै आधुनिक तरिका अपनाउन कृषकलाई तालिम दिनुपर्छ ।