Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

भैंसी चोरीको आरोपमा तीन जना पक्राउ

भैंसी चोरीको आरोपमा तीन जना पक्राउ

राजविराज, ४ कार्तिक । सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर १ रामपुर स्थित विशेश्वर यादवको घर गोठमा बाँधेको भैसीको डोरी खोलेर चोर्दै गर्दै गरेको अवस्थामा तीन जना पक्राउ परेका छन् ।
सोमवार बेलुका भैंसी चोरी गर्दै गरेको अवस्थामा सप्तरीको बोदेबर्साईन नगरपालिका वडा नम्वर ५ का २६ वर्षिय मो. रफिल मिँयालाई नियन्त्रणमा लिईएको थियो । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीलाई अन्य साथीहरु समेत चोरी कार्यमा संलग्नता रहेको भनी बयानका आधारमा खोजतलास गर्दै जाँदा ज १ च १२०१ नं.को पिकअप सहित भैंसी लोड गर्नकोलागि रुपनी चौकमा बसिराखेको अवस्थामा सिरहा महेशपुर पतारी गाउँपालिका वडा नम्वर ४ का ३५ वर्षिय नसरुल मियाँ र जि.धनुषा गणेशमान चारनाथ नगरपालिकाका २८ वर्षिय नारायण बुढाथोकीलाई पिकअप सहित ईलाका प्रहरी कार्यालय रुपनीको टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।