• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

चोरी पैठारीमा संलग्न एक महिलासहित १३ जना प्रहरी नियन्त्रणमा

चोरी पैठारीमा संलग्न एक महिलासहित १३ जना प्रहरी नियन्त्रणमा

राजविराज, ०४ कार्त्तिक । सिमानाका क्षेत्रमा चोरी पैठारी बढेसँगै सप्तरी प्रहरीले कडाईकासाथ निगरानी थालेको छ । सोही क्रममा प्रहरीले तीन महिनाको अवधिमा चोरी पैठारीमा संलग्न १३ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार उनीहरुले भन्सार छलि ल्याउँदै गरेको झण्डै ५१ लाख रुपैयाँ बराबरको मालसमान बरामद गरिएको डिएसपी तिलक भारतीले जानकारी दिएका छन् । ‘सिमानाका क्षेत्रमा कडाईकासाथ निगरानी बढाएपछि उनीहरुलाई नियन्त्रणमा लिन सफल भयो’ उनले भने–‘उनीहरुले अवैध रुपमा ल्याउँदै गरेको ५० लाख ८६ हजार ८ सय ९९ रुपैयाँ बराबरको मालसमान बरामद गरिएको छ ।’
चोरी पैठारी आरोपमा नियन्त्रणमा लिइएकाहरुमध्ये एक जना महिला रहेको डिएसपी भारतीले बताए । साउन, भदौ र असोज गरी तीन महिनाको अवधिमा सबैभन्दाबढी सवारी तथा मोटरपार्टसका सरसमानहरु बरामद गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
तथ्याङ्कअनुसार २८ लाख ६ हजार ५ सय रुपैयाँ बराबरको मोटरपार्टसका मालसामान बरामद गरिएको छ । यसैगरी किराना सामग्रीहरु १३ लाख २७ हजार ७५ रुपैयाँ, लत्ताकपडा ३ लाख १६ हजार ५ सय ८४ रुपैयाँ, पशु चौपाया ४ लाख ५० हजार रुपैयाँ र मोवाइल तथा विद्युतीय उपकरण एक लाख १० हजार रुपैयाँ बराबरको नियन्त्रणमा लिइएको तथ्याङ्कमा छ ।
बरामद गरिएका उक्त मालसमान आवश्यक कारवाहीकालागि राजविराज भन्सार कार्यालयमा बुझाइएको डिएसपी भारतीले बताए ।