• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सुरक्षित आवास कार्यक्रमलाई जिल्लाभरि विस्तार गर्नुपर्नेमा जोड

सुरक्षित आवास कार्यक्रमलाई जिल्लाभरि विस्तार गर्नुपर्नेमा जोड

वृजमान तामाङ
बिरेन्द्र बजार, ४ कार्त्तिक । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा सञ्चालित सुरक्षित आवास योजना विस्तार गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
महुलीमा सोमबार ‘स्थानीय तहमा सुरक्षित आवास व्यवस्थापन’ सम्बन्धी अभिमुखिकरण कार्यक्रमका वक्ताहरुले अन्य स्थानीय तहहरुमा योजना विस्तार गर्नुपर्नेमा जोड दिएका हुन । ह्याविट्याट फर हुम्यानिटी नेपालको सहयोगमा महुली सामुदायिक विकास केन्द्र सप्तरीद्वारा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले सुरक्षित आवास कार्यक्रमले सरकारले लिएको दिगो विकासको लक्ष्यमा टेवा पुग्ने बताए ।
कार्यक्रमले भुमिहिन विपन्न, गरिव असहायले सुबिधा सपन्न घर पाउने र थोरै लगानीमा बिपद्को जोखिमबाट बच्ने आवास पाउने हुँदा योजनालाई जिल्लाका अन्य स्थानीय तहमा बिस्तार गर्न उनीहरुले सुझाव दिए । सुरक्षित आवास योजना अन्तरगत स्थानीय सामाग्रीको उपयोगीताले बेरोजगारी समस्य समेत न्यूनीकरण हुने उनीहरुको भनाई थियोे ।
सोही गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा कन्चनरुप नगरपालिकाका प्रमुख वसन्त कुमार मिश्र, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, तिरुहुत गाउँपालिकाकी उपाध्यक्ष तिर्थमाया मण्डल, शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका दंगाल, तिरुहुत गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज कुमार देव, खडक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमाकान्त चौधरी, सप्तकोसी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष चन्द्र नारायण यादव लगायतले मनतव्य व्यक्त गरे ।
अभिमुखिकरणमा महुली सामुदायिक विकास केन्द्र सप्तरीका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले कार्यक्रमको उदेश्य, आवश्यक्ता र जिल्लामा गरिएका कार्यहरूबारे जानकारी गराए । सहयोगी संस्थाका सिनियर ईन्जिनियर विजय प्रसाद गुप्ताले ह्याविट्याट फर हुम्यानिटी नेपालको परिचय, सुरक्षित आवासको क्षेत्र, कार्यान्वयन प्रक्रिया, डिजाइन, लागत र न्युनतम मापदण्डको बारे जानकारी गराए ।
अग्निसाईर कृष्णासवरन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र प्रसाद यादवले आवास व्यवस्थापन सम्बन्धि स्थानीय तहको रणनीति सोच र जिम्मेवारी, उत्तरदायित्व, भुमिकाबारे जानकारी गराए ।