• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

जण्डोलमा रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरु

जण्डोलमा रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरु

बृजमान तामाङ
बिरेन्द्र बजार, ३ कात्र्तिक । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका–१ जण्डोलमा आइतवार २२ औं रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ ।
ठाकुरजी माध्यमिक विद्यालय जण्डोलद्वारा आयोजित फुटबल प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले एक समारोहकाबीच उद्घाटन गरेका हुन । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा वडा नम्बर ६ का अध्यक्ष कुसुम आचार्य, वडा नम्बर ५ का श्रीप्रसाद यादव, नेकपाका बेचन प्रसाद चौधरी, समाजवादी पार्टीका गुणनन्द चौधरी, ईलाका प्रहरी कार्यालय महुलीका ईन्चार्ज प्रहरी नायव निरीक्षक प्रशान्त प्रसाद प्रसाईं, समाजसेवी वीर बहादुर मगर लगायतको उपस्थिति थियो ।
विद्यालयका प्रधानाध्यापक चन्द्रदेव चौधरीले संचालन गरेको कार्यक्रममा स्वागत भने वडा नम्वर १ का वडा अध्यक्ष सुशील कुमार चौधरीले गरे । उद्घाटन खेलमा सोही गाउँपालिका वडा नम्वर १ का टिमले जित हात पारेको छ ।
अग्रशिव युवा कल्व ओद्राहालाई १ गोलले पराजित गर्दै जण्डोल टिमले जित हात पारेको हो । निर्धारित १ घण्टाको खेलमा विजयी टिमका जर्सी नम्बर ७ का निरज कुमार चौधरीले गोल गरेपछि खेलको छिनोफानो भएको छ ।