Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

म्याद सकिएको तीन वर्ष विते पनि खाँडो नदीमा बनेन पुल

दक्षिणी क्षेत्रका सर्वसाधारणलाई सदरमुकाम पुग्नै सास्ती
म्याद सकिएको तीन वर्ष विते पनि खाँडो नदीमा बनेन पुल

राजविराज, १ कात्र्तिक । सप्तरी सदरमुकाम राजविराजलाई मुख्य भन्सार नाकासँग जोड्ने राजविराज–कुनौली सडकखण्डमा पर्ने खाँडो नदीमा पक्की पुल निर्माण गर्न ०७१ असार ३१ गते सम्झौता भयो । दुई वर्ष (०७३ असार ३० गते) मा निर्माण सम्पन्न गर्ने हस्ताक्षर गरेर साढे ५ करौड रुपैयाँमा ठेक्का पाएका काठमाण्डौ स्थित पप्पु÷मृत सञ्जीविनी जेयूले निर्माण कार्य सुरु गरे । तर, तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठी स्थित पक्की पुल निर्माण सुरु गरेको पाँच वर्ष वितिसक्दा पनि अझैसम्म निर्माण कार्य पुरा हुन सकेको छैन् ।
समयमा पुल निर्माण नहुँदा दक्षिणी क्षेत्रका सर्वसाधारणलाई सदरमुकाम राजविराजसम्मको यात्रा सास्तीपूर्ण बनेको छ । निर्माण कम्पनीको चरम लापरवाहीका कारण समयमा पुल निर्माण नहुँदा दक्षिणी क्षेत्रका सर्वसाधारणलाई राजविराजसम्मको यात्रा सास्तीपूर्ण बनेको हो । ‘नदीमा पुल नहुँदा दक्षिण भेगका सर्वसाधारणलाई वारपार गर्न अत्यधिक समस्या हुन्छ’ स्थानीय राजेशकुमार स्वर्णकारले भने–‘तर पुल निर्माण थालिएको ५ वर्षबढी भईसक्दा पनि ४० प्रतिशत पनि कार्य भएको देखिदैन् ।’
पुल निर्माणमा ढिलासुस्ती त छ नै, त्यसमाथि निर्माण कम्पनीले सर्वसाधारणलाई आउजाउ गर्न आवश्यक डाईभर्सनको समेत व्यवस्था नगरदिँदा सवारी साधन वारी पारी नै राख्नुपर्ने बाध्यता रहेको उनले दुःखेसो गरे । ‘निर्माण कम्पनीले कम्तिमा पनि आउजाउ गर्न आवश्यक डाईभर्सनको व्यवस्था गर्नुपर्ने थियो’ उनले थपे–‘तर त्यस्तो गरेको छैन, अहिले सर्वसाधारण जसरी त्यसरी आउजाउ गरिरहेपनि कुनै समस्या आईलागे बस्तीसम्म गाडी पुग्ने अवस्था रहेको छैन् ।’
स्थानीय दिवाकर झाले नदीमा बाढी आएको बेला झन बालबालिकालाई विद्यालयसम्म पुग्न कढिन हुने गरेको बताए । ‘नदीमा बाढी आउँदा बालबालिकालाई विद्यालयसम्म जानसक्ने अवस्था रहदैन्, तैपनि कसैको ध्यान पुगेको छैन्’ उनले भने– ‘निर्माण कम्पनीको चरम लापर्वाही, त्यसमाथि सम्वन्धित निकायको मौनता ।’
उनले निर्माण कम्पनीको लापरबाही तथा सडक विभागसहित सरोकारवाला निकायको निरीहताप्रति आक्रोश समेत व्यक्त गरे । साथै पुल निर्माण कार्यलाई तिव्र तथा छिटो काम सम्पन्न गराउनेतर्फ सम्वन्धित निकायले ध्यान पु¥याउनपर्नुे झाले माग समेत गरे । पछिल्लो केही समय यता निर्माण कम्पनीले निर्माण कार्यमा तिव्रता दिइएपनि वडादशैं सुरु भएसँगै पुनः निर्माण कार्य ठप्प गरिएको छ भने निर्माण कम्पनी समेत सम्पर्क विहिन रहेको स्थानीयहरु बताउँछन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।