• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आगो निभाउने क्रममा एक घाइते

राजविराज, २९ असोज । सप्तरीको सप्तकोशी नगरपालिका–१ हलेशी टोलमा मंगलवार बेलुकी आगलागी हुँदा ५ लाख रुपैयाँको क्षति भएको छ भने आगो निभाउने क्रममा एक जना घाइते भएका छन् ।
डिल्ली बहादुर बस्नेतको काठको दुई तल्ले घरमा अचानक आगलागी भएको हो । आगलागीमा १० हजार नगदसहित अन्नपात, लत्ता कपडा, भडाकुडा र काठपात गरी ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगो निभाउने क्रममा बस्नेतको अनुहार, हात, खुट्टा समान्य रुपमा जलेको छ । बस्नेतलाई स्थानीय मेडिकल उपचार भईरहेको प्रहरीले जनाएको छ । आगो स्थानीयवासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको जनाएको छ ।