Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

संविधान संशोधन प्रक्रिया अघि नबढे आन्दोलनः अध्यक्ष यादव

संविधान संशोधन प्रक्रिया अघि नबढे आन्दोलनः अध्यक्ष यादव
Bwtech New Add With Software & Bull SMS

राजविराज, २३ असोज । उप–प्रधान एवम् स्वास्थ्य जनसंख्या मन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अब पनि सरकारले संविधान संशोधनतर्फ अघि नबढे बाध्य भएर आफुहरु संघर्षको बाटोमा लाग्ने चेतावनी दिएका छन् ।
राजविराज स्थित राधाकृष्ण अतिथि सदनमा विहीबार समाजवादी पार्टी नगरसमितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । संविधान संशोधन गरेर मुलुकलाई निकासतर्फ उन्मुख गर्ने वर्तमान सरकारको जिम्मेवारी पनि रहेकोले संशोधनको विषयलाई गम्भिरतापूर्वक लिन उनले आग्रह समेत गरे ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई आफ्नो पार्टीसँग एकीकरण गर्ने बाहेकको विकल्प नरहेको बताए । प्रमुख अतिथि यादवले भने ‘राजपाले समाजवादी पार्टीसँग एकीकरण गर्नु वाहेकको विकल्प छैन, यदी यसो नभए राजपाको पनि अन्त्य निश्चित छ ।’ अबको राजनीतिक विकल्पको रुपमा समाजवादी पार्टी मात्रै रहेकोले राजपालाई समयमै विचार पु¥याएर एकता गर्न नेता यादवले आह्वान समेत गरे ।
पार्टीकी राष्ट्रिय उपाध्यक्ष रेणु कुमारी यादवले जनताको वलिदानी र संघर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि जनताले अझैं अनुभूति गर्न नपाएको बताईन् । समाजवादी पार्टी सरकारमा रहे पनि हालसम्म संविधान संशोधन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भनिन् ‘संविधान संशोधन गर्न दुई तिहाईको आवश्यकता थियो, त्यसैले समाजवादी पार्टी सरकारमा गएको हो, तर हालसम्म किन संविधान संशोधन हुन सकेन यसको जवाफ पार्टी अध्यक्ष उपेन्द्र यादवले दिनुपर्छ ।’
पार्टीभित्र रहेको नेता तथा कार्यकर्ताहरुको क्षमता एवम् सक्रियताको आधारमा मूल्याङ्कन हुनपर्ने तथा सिद्धान्त विपरित गर्ने जो कोहीलाई अनुशासनको कार्वाही हुनुपर्नेमा जोड दिईन् । संघीय शासन व्यवस्थाको नाममा व्यापक भ्रष्टाचार भईरहेको भन्दै यस्ता प्रवृतिलाई अविलम्व रोक्नुपर्नेमा उनले आवश्यकता औंल्याईन् ।
पार्टीका केन्द्रीय सदस्य अशोक कुमार यादवले संघीयता समाजवादी पार्टीको परिकल्पना रहेको भन्दै यसलाई पूर्ण रुपमा संस्थागत गर्न संविधान संशोधन आवश्यक रहेको बताए । देशमा वैकल्पिक राजनीतिक शक्तिको रुपमा समाजवादी पार्टी नयाँ संकल्पका साथ अघि बढेको बताउँदै उनले भने ‘वर्तमान अवस्थामा समाजवादी पार्टीको विकल्प छैन, हामी हिमाल, पहाड र मधेशको हक अधिकार सुनिश्चितताकालागि अगाडि बढेका हौं ।’
पार्टीका नगर समिति अध्यक्ष भीमराज यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनीधि सभा सदस्य डा. सूर्यनारायण यादव, केन्द्रीय सदस्यहरु कैलाश कुमार यादव, विनोद कुमार चौधरी, उमेश यादव, सल्लाहकार सुमन चौधरी, मधेश प्रदेस समितिका सचिव दिनेश कुमार यादव, सप्तरी जिल्ला ईञ्चार्ज सत्यनारायण यादव, सदस्यहरु युसुफ अलि, भिम बहादुर तामाङ, राधेश्याम पंडित, अमृत साफी, भारतीय कम्युनिस्ट पार्टीका नेता सत्यनारायण यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य तारकेश्वर यादव, समाजवादी महिला संघ सप्तरीका अध्यक्ष मिरा यादव, महिला नेता रमिला साह, पुर्व शिक्षक करण यादव, कलाकार शिवशंकर यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा स्वागत मन्तव्य पार्टीका जिल्ला अध्यक्ष केदार यादव तथा सञ्चालन पार्टीका जिल्ला सदस्य लक्ष्मण यादवले गरे ।

Online Saptari

About The Author

%d bloggers like this: